Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

‘विर विक्रम २’को टिम पोखरा र चितवनमा

spot_img

जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विर विक्रम २’को टिमले पोखरा र चितवनमा कन्सर्ट सम्पन्न गरेको छ । पोखरा र चितवनमा कन्सर्ट गरेर चलचित्रको टिम काठमाण्डौ फर्किएको छ । पोखराको चिप्लेढुंगामा आयोजित कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरु पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्दी तामाङ, बाल कलाकार मनिष, गायक दिपक लिम्बु सहभागी भए ।

चलचित्रका मुख्य कलाकारहरुले ‘पिरतीको मिठो तिर्सना’बोलको गीतमा नृत्य गरे । कन्सर्टमा बोल्दै चलचित्रका निर्देशक मिलन चाम्सले नेपाली चलचित्रको गुणस्तर बढ्दै जादा दर्शकको उपस्थिती समेत बढेको बताए । उनले पोखराका दर्शकले नेपाली चलचित्रलाई माया गरेको भन्दै धन्यवाद समेत दिएका थिए । यस्तै, चितवनमा पनि चलचित्रको टिमले दर्शक र मिडियासँग साक्षात्कार गरेको छ ।

नायिका बर्षा सविाकोटीले नेपाली चलचित्रलाई सधै साथ दिन आग्रह गरिन् । नायकद्धय पल र नाजिरले यो चलचित्र हेर्नै पर्ने बताए । आफुहरुले चलचित्रबाट आश राखेको भन्दै उनीहरुले पोखरेली दर्शकबाट त्यो आश पुरा गर्न साथ पाउने आशा दुइ नायकले व्यक्त गरे ।

-OnlineKhabar
spot_img

ताजा अपडेट

लोकप्रिय