शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
27.1 C
Kathmandu
34.2 C
Birgunj

‘विर विक्रम २’को टिम पोखरा र चितवनमा

सिफारिस

जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विर विक्रम २’को टिमले पोखरा र चितवनमा कन्सर्ट सम्पन्न गरेको छ । पोखरा र चितवनमा कन्सर्ट गरेर चलचित्रको टिम काठमाण्डौ फर्किएको छ । पोखराको चिप्लेढुंगामा आयोजित कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरु पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्दी तामाङ, बाल कलाकार मनिष, गायक दिपक लिम्बु सहभागी भए ।

- Advertisement -

चलचित्रका मुख्य कलाकारहरुले ‘पिरतीको मिठो तिर्सना’बोलको गीतमा नृत्य गरे । कन्सर्टमा बोल्दै चलचित्रका निर्देशक मिलन चाम्सले नेपाली चलचित्रको गुणस्तर बढ्दै जादा दर्शकको उपस्थिती समेत बढेको बताए । उनले पोखराका दर्शकले नेपाली चलचित्रलाई माया गरेको भन्दै धन्यवाद समेत दिएका थिए । यस्तै, चितवनमा पनि चलचित्रको टिमले दर्शक र मिडियासँग साक्षात्कार गरेको छ ।

नायिका बर्षा सविाकोटीले नेपाली चलचित्रलाई सधै साथ दिन आग्रह गरिन् । नायकद्धय पल र नाजिरले यो चलचित्र हेर्नै पर्ने बताए । आफुहरुले चलचित्रबाट आश राखेको भन्दै उनीहरुले पोखरेली दर्शकबाट त्यो आश पुरा गर्न साथ पाउने आशा दुइ नायकले व्यक्त गरे ।

-OnlineKhabar
- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -