शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
22.7 C
Kathmandu
30.6 C
Birgunj

कक्षा ११ को परीक्षामा अमर्यादित गतिविधि गरेको अभियोगमा एक शिक्षिका पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १ ज्येष्ठ – कक्षा ११ को परीक्षामा अमर्यादित गतिविधि गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार एक शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -

 

राजदेवी ठाकोदेवी (जोगेन्द्र भगत मावि परीक्षा केन्द्रमा गार्डका रूपमा खटिएकी सोही स्कुलकी शिक्षिका वीभा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

- Advertisement -

कक्षा ११ को जारी परीक्षा अन्तर्गत बुधबार इन्ट्रोडक्सन अफ एजुकेसन विषयको जाँच भएको थियो ।

परीक्षा समय सकिएपछि सिम्बल नम्बर ६१५०००२४ रहेको उत्तर पुस्तिका झिकेर विद्यालयको कार्यालय कक्षमा लगी आफैँले उत्तर लेखिरहेका बेला शिक्षिका यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सोही परीक्षा केन्द्रमा खटिएको नेपाल प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ९ निवासी ३५ वर्षीया शिक्षिका यादवलाई परीक्षाको मर्यादा विपरीत कसुरमा राजविराज स्थित सप्तरी जिल्ला अदालतबाट म्याद थप गराइ थप अनुसन्धान अघि बढाइएको सप्तरी प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -