21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

पटेर्वा सुगौलि गाउपालिकाबाट ठुलो परिणाममा चरेस र गाँजा बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रामकिशोर चौधरी, ३ जेठ  — शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले पर्साको पटेर्वा सुगौलि गाउपालिकाबाट ठुलो परिणाममा चरेस र गाँजा बरामद गरेको छ ।
पटेर्वासुगौलि गाउपालिका वडा न. ५ देउरियाबाट इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलि र शसस्त्र प्रहरी बल पोखरिया बेश क्याम्पको टोलिले छापामारीको क्रममा ३ सय ६३ किलो चरेस गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी नायब निरिक्षक आशिष अधिकारीले जानकारी दिनुभयो ।
देउरीया निवासि फुसन माझिको भरबाट ५५ केजि चरेसको धुलो र ७.१ केजि तयारी चरेस का साथै २३ केजि गाँजाको धुलो, २ सय ७८ केजि गाँजा, ३ थान चरेस बनाउने मेशिन, १४ थान काठको साचा गाउँको नालामा फालेको अवस्थामा बरामद गरेको शसस्त्र प्रहरी बल पोखरिया बेश क्याम्पका सहायक प्रहरी नायब निरिक्षक इन्द्र बहादुर सापकोटाले जानकारी दिनुभयो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -