मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

एसईई को परीक्षा तालिका...

काठमाडौं,०१ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१...

जय ट्रफी उपाधिका लागि...

बीरगन्ज,०१ माघ । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आजदेखि...

माघे संक्रान्ति देशभरी धुमधाम...

काठमाडौ,०१ माघ । आज माघ १ गते देशभरि विविध परम्परा र आस्थाका साथ...

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
13.9 C
Birgunj
spot_imgspot_imgspot_img

हट्ने भयो उपत्यकाबाट साना सवारी साधन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं : काठमाडौं उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ। महानगरीय ट्रफिक प्रहरी महाशाखाले उपत्यकका चक्रपथ र ठूला सवारी गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी गरेको छ। टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले यस्ता सवारी साधनलाई हटाउन खोजिएको हो।

- Advertisement -

ट्राफिक प्रहरीले एक वर्षभित्र यातायात व्यवस्था विभागको नीतिगत सहयोगमा यस्ता सवारी हटाउने खाजेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

सानो इन्जिन क्षमताका गाडी सुस्त गतिमा गुड्ने र अन्य सवारीको आगमनमा असर पु¥याउने भएकाले तीन पांग्रे र साना सवारी हटाउने तयारी गरिएको ट्राफिक प्रहरीका प्रवक्ता बसन्त पन्तले बताए।

- Advertisement -

‘कम सीसीका सवारीको यात्रु बोक्ने क्षमता र गति कम छ। यस्ता सवारीले क्षमताभन्दा धेरै यात्रु बोक्दा दुर्घटनाको जोखिम उच्च छ। साघुँरो सिट हुने भएकाले वृद्धवृद्धा र फरक क्षमता भएका यात्रुका पनि यी सवारी उपयुक्त देखिँदैन’, पन्तले भने, ‘सुस्त गतिमा गुड्ने भएकाले अन्य सवारीको आगमनमा पनि सहज हुन सकेको छैन।’ तीनपांग्रे तथा साना सवारी विस्थापित गर्न सकिएको खण्डमा उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ। यस्ता सवारी हटाउन ट्राफिकले यातायात व्यवस्था विभाग, महानगरपालिका र नगरपालिका प्रतिनिधसँग छलफल गरिरहेको छ। साना सवारी हटाउन सम्बन्धित निकायका अधिकारी पनि सकारात्मक भएको उनी बताउँछन्।

हाल उपत्यकामा ६ हजार तीन सय ३० वटा टेम्पो र माइक्रोबस सञ्चालनमा छन्। यातायात व्यवस्था विभागका प्रमुख कुमारप्रसाद दाहाल उपत्यकाको ट्राफिक व्यवस्थापन साना सवारी हटाउनुपर्ने बताउँछन्। ‘ठूला सवारीलाई प्रोत्साहन गर्ने सरकारी नीति छ। ठूला सवारीको प्रयोगबाट नै ट्राफिक व्यवस्थापन सहज हुन्छ। ट्राफिक व्यवस्थापनको प्रमुख चुनौतीका रूपमा साना सवारी नै छन्’, दाहालले भने, ‘यस्ता सवारीलाई व्यवस्थापन नगरेसम्म उपत्यकाको जाम न्यूनीकरण गर्न सहज छैन। अबको प्राथिमिकता मास ट्रान्सर्पोट हो।’ यसका लागि आवश्यक निती व्यवस्थापन गर्नेतर्फ विभागले काम गरिरहेको छ। हाल विभाग ट्याक्सीको मापदण्ड तोक्ने तयारीमा छ। यो मापदण्ड कार्यान्वयनमा आएसँगै साना सवारी चल्न रोक लगाउनेछौं। विभागले ट्याक्सीको मापदण्डको मस्यौदा तयार गरिसकेको छ। ट्याक्सी मापदण्ड मन्त्रिपरिषद्बाट सौद्धान्तिक सहमति प्राप्त भएसँगै कार्यान्वयनमा आउनेछ।

ठूला सवारी सञ्चालनका लागि उपत्यकामा विभिन्न रुटको अध्ययन पनि विभागबाट भएको छ। रुटको अध्ययन पश्चात त्यस्ता रुटबाट साना सवारी विस्थापित गर्ने विभागको योजना छ। उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सम्पूर्ण सरोकार निकायले सहयोग गर्नुपर्ने उनको भनाइ छ। यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले सहजीकरण गर्ने हो।

पछिल्लो सिटमा बस्नेलाई पनि हेलमेट

अबदेखि मोटरसाइकलको पछिल्लो सिटमा बस्नेले पनि हेलमेट अनिवार्य लगाउनुपर्ने भएको छ। ट्राफिक प्रहरीले असारदेखि लागू हुने गरी यो व्यवस्था गर्न लागेको हो। ‘सडक दुर्घटनामा चालकका साथै पछाडि बस्ने दुवैको ज्यानको खतरा हुन्छ। टाउकोमा लाग्ने चोटका कारण धेरैको ज्यान गुम्ने गरेको छ। प्रवक्ता पन्तले भने, ‘यात्रुको सुरक्षाका लागि हेलमेटको व्यवस्था गर्न लागेका हौं।’ नयाँ सवारी एनेमा मोटरसाइकल पछाडि बस्नेले हेलमेट अनिवार्य लगाउनुपर्ने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए। हेलमेटको गुणस्तरका विषयमा समेत कानुनी व्यवस्था गर्न लागिएको छ। यसका लागि गुणस्तर तथा नापतौल विभागले आईएसओ प्रमाणित गरेको हेलमेट प्रयोग गर्नुपर्नेछ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार