आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
22.1 C
Kathmandu
21.6 C
Kathmandu
26.2 C
Birgunj

बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई करोडौको नोक्सान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १० जेठ — वीरगन्ज पथलैया व्यापारिक मार्गको निर्माणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई करोडौको नोक्सान भएको छ । औद्योगिक कच्चा पदार्थ लिएर आएका सवारीसाधन र करिडोरका उद्योगबाट उत्पादित सामानको ओसारपसार गर्न मुख्य सडकबाट सोझै प्रवेश बन्द गरिएपछि उद्योगलाई समस्या परेको हो ।
मुलुकको मुख्य नाका वीरगन्जबाट हुने आयात–निर्यात र औद्योगिक उत्पादनको सहज ढुवानीका लागि बाराको पथलैयादेखि वीरगन्जसम्म २७ किलोमिटर ६ लेनको व्यापारिक मार्ग विस्तार गरिएको हो । अहिले भइरहेको सडक निर्माणले ढुवानीका साधनलाई मुख्य लेनबाट केही किलोमिटर टाढा प्वाइन्टबाट घुमेर सर्भिस लेन हुँदै उद्योगमा पुग्नुपर्ने अवस्था बनिसकेको छ ।
मुख्य सडकसँगै जोडिएको करिडोरका कतिपय स्थानमा दर्जनौं उद्योग सञ्चालनमा रहेका कारण ६ लेनको मुख्य सडकमा बार र सर्भिस लेनपछि नाला भएका कारण सडक उद्योगमैत्री बन्न नसकेको हो ।
वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले उद्योगअगाडि नै प्रवेश मार्ग नबनेकाले २÷३ किलोमिटर घुमेर उद्योगभित्र जाने अवस्था बनेको बताउनुभयो । उहाँले तत्काल परियोजनाले सडक विस्तारका अन्य स्थानमा उद्योगलाई केन्द्रित गरेर बाटोको निकासा दिनुपर्ने माग गर्नुभयो । सहज निकास नभए करिडोरका उद्योगलाई मार पर्नुका साथै सडकमा जाम र दुर्घटना हुने उहाँको भनाइ छ ।
वीरगन्जको एकीकृत जाँच चौकी (आईसीपी)को सम्पर्क सडकदेखि परवानीपुरसम्म समस्या नरहे पनि पथलैयादेखि वीरगन्जको गण्डकसम्म सडकमै जोडिएका सयौं उद्योग समस्यामा पर्ने निश्चित बनेको छ ।
अहिलै निर्माणको ८० प्रतिशत काम सकिएको पथलैयादेखि जितपुरसम्म र नितनपुरदेखि ड्राइपोर्ट चोकसम्म उद्योगभित्र पस्ने र निस्कने सवारीका कारण दिनहुँ सडक जाम हुने गरेको छ । औद्योगिक कच्चा पदार्थ र उत्पादनको ओसारपसारलाई सहज बनाउने मुख्य उद्देश्यले निर्माण भइरहेको व्यापारिकमार्गले उद्योगलाई झन् समस्यामा पार्दै गएपछि उद्योगीमा चिन्ता बढेको हो । व्यापारिक मार्ग ५० मिटर फराकिलो र सडकको बीचबाट ११ र ११ मिटर दायाँबायाँ ६ लेनको मुख्य सडक निर्माण हुने छ भने दुवैतर्फ साढे ३ मिटरको ग्रीन वेल्ट र साढे ५ मिटरमा दुईतर्फि सर्भिस लेन बनाइने व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख अशोक यादवले बताउनुभयो । सर्भिस लेनभन्दा पछाडि दुवै किनारमा साढे ३ मिटरमा नाली र फूटपाथ रहेको परियोजनाको नक्सामा उल्लेख छ ।
करिडोरको मुख्य सडकमा जोडिएका उद्योगबाट उत्पादित सामान लोड गर्न करिब १ हजार सवारी साधन दैनिक प्रवेश गर्ने र उद्योगको कच्चा पदार्थ बोकेर भारत तथा नेपालका विभिन्न स्थानबाट आएका सयौं सवारीले हाल निर्माणाधीन व्यापारिक मार्गनै प्रयोग गर्ने गर्छन् ।करिडोरको दुईतर्फी नै उद्योगहरू रहेको र ग्रीन वेल्टको अवरोधले उद्योगमा कच्चा पदार्थ भित्रियाउन र उत्पादित वस्तु बाहिर निकाल्न अप्ठ्यारो पर्न थालेपछि उद्योगीले परियोजनालाई उद्योगमैत्री सडक बनाउन पहल थालेका छन् ।
पथलैयादेखि वीरगन्जसम्म पुरै करिडोरमा मुख्य सडकसँगै जोडिएका १ हजार बढी उद्योग सञ्चालनमा छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -