Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

बिरामीको पेटबाट निकालियो ८ वटा चम्चा, २ स्क्रुड्राइभर, २ टुथब्रस र १ चक्कू

spot_img

तपाईं हामी कतिले समाचार सुनेका छौं, डाक्टरको लापरबाहीले कोही बिरामीको पेटको अपरेशन गर्दा पेटभित्रै कहिले कैंची, त कहिले कपडाको टुक्रा छोडिएको हुन्छ। तर बिरामीको पेटबाट  ८ वटा चम्चा, २ वटा स्क्रुड्राइभर, २ वटा टुथब्रस र १ वटा चक्कू निकालिएको घटना पत्याउनु हुन्छ?

हो, यही घटना घटेको छ भारतको हिमालञ्चल प्रदेशमा जसले तपाईंलाई अचम्मित तुल्याउँछ।

श्री लालबहादुर शास्त्री  गभर्मेन्ट मेडिकल कलेज मन्डीका चिकित्सकले  शनिबार ३५  वर्षीय एक बिरामीको पेटबाट ८ वटा चम्चा, २ वटा स्क्रुड्राइभर, २ वटा टुथब्रस र १ वटा चक्कू निकालेका छन्।

यी बिरामीको उपचारमा संलग्न डाक्टर निखिलले भने, ‘हामीलाई जब यस घटनाबारे थाहा भयो। त्यसपश्चात हाम्रो टिमले अकस्मात बिरामीको अपरेशन गर्‍यौं। अब अहिले उनको स्वास्थ्य स्थिति जोखिममुक्त छ।’

उनका अनुसार उनी मानसिक रोगबाट ग्रसित बिरामी हुन्।

‘किनभने कोही पनि आमनागरिकले चम्चा र चक्कू खान सक्दैन। यो एकदम आश्चर्यजनक घटना हो,’ उनले भने,‘अहिलेसम्म अपरेशनको दौरान कैंची वा कुनै औजार पेटमै रहेको घटना बाहिर आएको थियो तर यो घटना भने दुर्लभ खालको छ।’

उपचारमा संलग्न अर्का डाक्टर रणेश चौहानले भने, ‘जब बिरामीलाई यहाँ ल्याइएको थियो उसको पेटबाट आधा चक्कू पेट बाहिर निक्लिरहेको थियो। यस किसिमको मानसिक रोगलाई मेडिकल भाषामा ‘बेजोर्अस्’ भनिन्छ। यस्ता रोग भएका बिरामीले कुनै पनि अपत्यारिलो सामान सजिलै निल्न सक्छन्। उसलाई आफूले के खाइरहेको छु भन्ने कुरा पनि थाहा हुुुँदैन।’

अचम्म मान्नु पर्ने यो पनि कुरा छ कि उनले कसरी यी सामान खाए होलान्? जुन अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय