Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

कर्मचारी कसको तलब कति पुग्यो ? [तालिकासहित]

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ — सरकारले राष्ट्रसेवक कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म वृद्धि गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सरकारले करिब साढे ५ लाख हाराहारी संख्यामा रहेका कर्मचारीको तलब साउन १ देखि लागू हुने गरी बढाएको हो । कार्यालय सहयोगीदेखि नायब सुब्बासम्मको तलबमा २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको छ ।

- Advertisement -

झन्डै साढे दुई लाख हाराहारी रहेका सेवानिवृत्त राष्ट्रसेवकहरूको पेन्सनसमेत वृद्धि भएको छ । पूर्वराष्ट्रसेवकहरूको पेन्सनमा जुन पदबाट सेवानिवृत्त भएको हो, त्यही पदको बहालवाला कर्मचारीको बढेको तलबको ६६ प्रतिशतका दरले वृद्धि हुनेछ ।

सबभन्दा तल्लो तहको कर्मचारी कार्यालय सहयोगीको तलब १६ हजार २ सय ३० बाट ३ हजार २ सय ४६ बढेर १९ हजार ४ सय ७६ रुपैयाँ पुगेको छ । सबभन्दा माथिल्लो तह मुख्यसचिवको तलब ५५ हजार २ सयबाट ९ हजार ९ सय ३६ बढेर ६५ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । खरिदारको तलब २२ हजार १ सय ७० बाट ४ हजार ४ सय ३४ बढेर २६ हजार ६ सय ४ रुपैयाँ पुगेको छ ।

- Advertisement -

सबै तहका कर्मचारीलाई दिइँदै आएको मासिक २ हजार रुपैयाँ महँगी भत्ता, वाषिर्क ७ हजार ५ सय कपडा भत्ता बजेटमा यथावत् राखिएको छ । दुई दर्जनभन्दा बढी कार्यालयका कर्मचारीलाई दिइँदै आएको सय प्रतिशतसम्मको प्रोत्साहन भत्तासमेत यथावत् छ ।

ताजा समाचार

spot_img

थप समाचार