spot_img

काङ्ग्रेस पर्साले सुरु गरेको जागरण अभियान जीराभवानीमा पनि आज आयोजना

spot_img
spot_img

जेठ १५
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको गत बैशाख २५ बाट सुरु भएको जागरण अभियान पर्साको जीराभवानीमा पनि आज आयोजना गरिएको छ । पर्सा काङ्ग्रेसले यसअघि ठोरी, पकहा मैनपुर, र पटेर्वासुगौली गाउपालिकामा जागरण अभियान गरिसकेको छ।

जीराभवानीमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा अभियान प्रतिनिधि फर्मुल्ला मन्सुरले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार जनविरोधी भएको टिप्पणी गरे। उनले कम्युनिस्ट नेतृत्वको संघीय सरकार र मधेसवादी दल नेतृत्वको प्रदेश २ सरकार दुबैले जनतालाई धोका दिएको आरोप लगाउदै काङ्ग्रेस प्रतिपक्षी भएर पनि जनताको हकहितका लागी लागिरहेको जिकिर गरे ।

सोही कार्यक्रममा मन्तव्य राख्दै नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदीले सरकारले करको नाममा जनतालाई आतङ्कित पारेको आरोप लगाए । त्यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्य शङ्कर प्रसाद चौधरीले जागरण अभियानले काङ्ग्रेस कार्यकर्ता पङ्क्तिमा उत्साह सन्चार गर्ने विश्वास व्यक्त गरे ।सामुदायिक रेडियो बिजयबस्ती को फोटो।

कार्यक्रममा बीरगंज महानगरपालिकाकी उपमेयर शान्ती कार्की , साबिक सेढवा गाबिसा पूर्व अध्यक्ष महादेव प्रसाद महतो जिल्ला विकास समितिका पुर्व सभापति जनार्दन सिंह क्षेत्री,नेता राजकृष्ण अमात्य ,महासमिति सदस्य विरेन्द्रलाल नेपाली ,वृहस्पतिकृष्ण श्रेष्ठ ,जिल्ला सदस्य डा. कृपासिन्धु चौधरी ,क्षेत्रीय सभापति रमेश पाण्डे,स्थानीय नेताहरु लगायतले मन्तव्य राखेका थिए।
नेपाली काङ्ग्रेस जिराभवानी गाउपालिकाका सभापति दिनेश चौधरीको अध्यक्षतामा भएको जागरण । नेपाली काँग्रेस पर्साका सदस्य धर्मेन्द्र कुमार पटेलले कार्यक्रम संचालन गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय