spot_img

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता, के–के भयो कुराकानी ?

spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । शुक्रबार अपरान्ह दिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानन्त्रीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमार बताएका छन् ।

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा भाग लिन बिहीबार नयाँ दिल्ली गएका थिए । ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय