spot_img

भ्रमण गरेर स्वेदश फर्किइन् राष्ट्रपति विद्या देवी

spot_img
spot_img

काठमाडौं, १८ वैशाख — राष्ट्रपति विद्यादेवीभ्रमण गरेर स्वेदश फर्किकाठमाडौं, १८ वैशाख — राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर बुधबार स्वेदश फर्किएकी छन् ।

उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीअ लगायतले स्वागत गरेका छन् ।

राष्ट्रपति भोलि बिहीबार मात्र फर्कने कार्यक्रम थियो । तर, बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा हुँदै फर्किने क्रममा स्वास्थ्यमा समस्या देखियो ।

चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’ का कारण समस्या देखिएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

समुद्री सतहबाट ११ हजार ९७५ (३६५९) मिटरमा अवस्थित ल्हासामा तल्लो सतहबाट सीधै जाँदा हाई अल्टिच्युड हुने गर्छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय