हरेक बर्ष झै यसपाली पनि छठको अवसरमा बीरगन्ज स्थित घडिअर्वामा घडिअर्वा स्पोर्ट्स क्लबले आयोजना गरेको रक्तदानमा ८२ पोका रगत संकलन भएको छ ।
घडिअर्वा पोखरी परिसरमा आयोजित कार्यक्रममा २ महिलासहित ८२ जनाले रक्तदान गरेका छन् ।
घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष लखनलाल गुप्ताको सभापतित्व र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रमको सुरुवात वीरगञ्ज महानगरपालिकाका कार्यपालिका सदस्य सुशील कुमार कानुले रक्तदान गरेर गरेका थिए ।
स्पोर्ट्स क्लबले प्रत्येक वर्ष छठ पर्वको अवसरमा रक्तदानको आयोजना गर्दै आएको छ । कार्यक्रममा नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. सरोज रोशन दास, समाजिक अभियन्ता रोहित बरनवाल, निखिल बरनवाल लगायतले रक्तदान गरेका थिए ।
विगत दुई वर्षदेखि कोरोनाभाइरस महामारीका कारण कार्यक्रम गर्न नसकीए बताउँदै यसवर्ष छठलाई भव्य बनाउन आफूहरुले कुनै कसर बाकि नराखेको क्लबका अध्यक्ष गुप्ताले बताए । उनले घडिअर्वा पोखरी परिसारलाई छठका लागि दुलही झैँ सजाइएको बताए ।

