13.1 C
Kathmandu
19.4 C
Birgunj

सर्वसम्मत नेतृत्व चयन गर्न कमल थापा र राजेन्द्र लिङ्देनलाई पशुपति शमशेरको आग्रह

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ मंसिर – राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापा र राजेन्द्र लिङ्देनलाई सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

- Advertisement -

पार्टीको एकता महाधिवेशनको उद्घाटनसत्रलाई अध्यक्षता गरेका राणाले अध्यक्ष पदमा दाबी गरेका थापा र लिङदेनलाई सर्वसम्मत रुपमा नेतृत्व चयनमा सघाउन आग्रह गरेका हुन् । साथै उनले एकताको लागि आफु अध्यक्ष पदको दावी छाडेको सम्बोधनको क्रममा बताए ।

‘लामो अवधिसम्म पार्टी अध्यक्षमा उठ्ने दाबा गर्दागर्दै मैले अहिलेको अवस्थामा पार्टीको बृहत्तर हित र एकताका लागि आफ्नो दाबी छाड्नुपर्छ भन्ने टुंगोमा पुगेँ,’ उनले भने, ‘धेरै साथीले अत्यन्त चित्त दुखाए ।

तपाईलाई जिताउन हामी यत्रो ठुलो कोसिस गरिरहेको बखत किन छोड्नुभयो भनेर सोधे ।’ आफूले यो पार्टीलाई अत्यन्त माया गर्ने, पार्टीभन्दा पनि तमाम कार्यकर्तालाई आफूले अत्यन्त माया गर्ने भएकाले पार्टी र कार्यकर्ताको हितलाई ध्यानमा राखेर अध्यक्षमा दाबी नगर्ने अप्रिय निर्णय लिएको उनले सुनाए । अब समती बढनु पर्ने र पार्टी कहिल्यै नफुटनेगरी एकता महाधिवेशन गर्नु पर्ने राणाको जोड थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -