बीरगन्ज,३१ वैशाख – बीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका छन् । उनी सत्ताधारी ५ दलिय गठबन्धनका साझा उम्मेदवार हुन् ।
वडा नम्बर ३१ को १५० मतगणना हुँदा सिंहले ७९ मत ल्याएर अग्रता लिएका हुन् । त्यसैगरी नेकपा एमाले र लोसपा गठबन्धनको उम्मेदवार विजयकुमार सरावगीले ५३ मत ल्याएर सिंहलाई पछ्याई रहेका छन् । यता राप्रपाका गिरिस गिरीले २ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३९ मत ल्याएका छन् भने राप्रपाकी बिना जैयसवालले ५ मत प्राप्त गरेकी छिन् ।