22.1 C
Kathmandu
Sunday, July 3, 2022
22.1 C
Kathmandu
28.2 C
Birgunj

मतगणनाको त्रुटिपूर्ण सूचना घोषणा गरेपछि छिपहरमाईमा मतगणना स्थगित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १ जेठ-पर्साको छिपहरमाई गाउँपालिकामा मतगणनाको विषयलाई लिएर विवाद भएपछि गणना प्रक्रिया रोकिएको छ ।

- Advertisement -

मतगणनामा खटिएका निर्वाचनका कर्मचारीहरुले गणनामा त्रुटि गरेको र त्रुटिपूर्ण सूचना घोषणा गरेको भन्दै जनता समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताहरुले विरोध गरेपछि विवाद सृजना भएको थियो । कर्मचारीले नेकपा एमालेका उम्मेदवार मनोज साहको मत १५९० को ठाउँमा ‘१६२०’ घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो ।

- Advertisement -

प्रतिद्वन्दी पार्टीका प्रतिनिधिहरुले यस्तो गडबडी मतगणनाको शुरुवातदेखि पटक पटक दोहरिएको बताए ।
दुवै दलले गणनामा खटिएका छिपहरमाई गाउँपाकिलाका कर्मचारीहरुलाई हटाउनु पर्ने माग गरेका छन् ।

मतगणनामा खटिएका कर्मचारीहरु नेकपा एमालेका उमेदवार एवं पालिकाको निवर्तमान अध्यक्ष मनोज गुप्ताको ईशारामा चलेको आरोप लगाएका छन्। मतगणनाको क्रममा दिउँसो नेकपा एमाले र जसपाका कार्यकर्ताहरु बिच झडप समेत भएको र सो क्रममा दुबै तर्फका आधा दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुलाई चोटपटक लागेको स्थानियहरुले बताएका छन् ।

रोकिएको मतगणना सोमबार छलफलपछि बिहानदेखि मात्र सुचारु हुने मतगणनामा खटिएका दलका प्रतिनिधिहरुले बताएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -