22.1 C
Kathmandu
Sunday, July 3, 2022
22.1 C
Kathmandu
28.2 C
Birgunj

गणकहरु नै फरार भएपछि महागढीमाई नगरपालिकाकाे मतगणना रोकियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,२ जेठ – बाराको महागढीमाई नगरपालिकामा मतगणना स्थलबाट निर्वाचनका कर्मचारीहरु फरार भएका छन् । दलका प्रतिनिधिहरुलाई बिना सूचना निर्वाचनका कर्मचारीहरु सम्पर्क बिहिन भए पछि मतगणना प्रक्रिया रोकिएकोछ । मतगणनामा खटिएका कर्मचारीहरु बिहान २ निर्वाचन अधिकृतलाई जानकारी दिएर सम्पर्क बिहिन भएको दलका प्रतिनिधिहरुले जानकारी दिएका छन् ।

- Advertisement -

बिहान १ बजे पछि रोकिएको मतगणना कति बेला देखि सुचारु हुने बारे अन्यौलता रहेको छ । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सहितको टोलीले महागढीमाई नगरपालिकाको मतगणना स्थलको निरिक्षण अनुगम गर्दै चाडै अर्को कर्मचारीहरुको व्यवस्थापन गरी मतगणना कार्य सुचारु गरिएने जानकारी दिनु भयो ।

- Advertisement -

महागढीमाई नगरपालिकाको मतदान अधिकृतले गणनामा खटिएका कर्मचारीहरुले गणना गर्न नसक्ने प्रतिक्रिया दिएर गएको बताउदै चाडै अर्को व्यवस्था गरी गणना सुचारु गर्ने स्थानिय संचारकर्मीहरुलाई जानकारी दिएका छन् । तर गणना कति खेरदेखि सुचारु हुने हो भन्न नसकिने उनले बताउनु भयो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -