21.1 C
Kathmandu
Thursday, June 30, 2022
21.1 C
Kathmandu
25.7 C
Birgunj

बजेट परम्परागत र कामचलाउ मात्र छः जितेन्द्र सोनल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०२ असार । मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को बजेट परम्परागत र कामचलाउ मात्र रहेको प्रमुख प्रतिपक्षी दलका नेताहरूले बताएका छन्।

- Advertisement -

प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेपछि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले बजेट परम्परा धान्ने र टालटुले मात्र रहेको बताएका हुन्।

- Advertisement -

‘बजेटमा प्रादेशिक गौरवका योजनाहरू आउनुपर्दथ्यो, त्यो हुनसकेको छैन’, पूर्वमन्त्रीसमेत रहेका उनले भने, ‘अहिलेको बजेटमा युवाहरूको बेरोजगारीको सबाललाई जोड दिनुपर्ने थियो, त्यो पनि छैन। कृषि उत्पादन र किसानहरूलाई सहजरूपमा मलखाद र बीउबिजन उपलब्ध गराउने कुरा पनि बजेटमा छैन।’

भौतिक पूर्वाधार विकासका कुरालाई बजेटमा प्राथमकिता नदिएको उल्लेख गर्दै नेता सोनलले समग्रमा अहिलेको बजेटमा खासै आकर्षण र नयाँपन नरहेको बताए।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले अहिलेको बजेट चुनावमुखी र नेतामुखी रहेको प्रतिक्रिया दिए।

उनले चुनावलाई केन्द्रित गरेर मन्त्रीहरूले बजेटमा आफ्नो क्षेत्रलाई प्राथमकिता दिएको आरोप लगाए।

‘यसपालिको बजेटमा अधिकांश योजनाहरूमा रकम तोकिएरै विनियोजन गरिएको छ। यो बजेटको सकारात्मक पक्ष हो’, मण्डलले भने।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -