29.1 C
Kathmandu
Thursday, August 11, 2022
28.1 C
Kathmandu
35.5 C
Birgunj

सुनसरीमा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०२ असार । सुनसरीको गढी गाउँपालिका–३ मा आज ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

- Advertisement -

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार सुनसरीकै बर्जु गाउँपालिका–६ का ५२ वर्षीय मोहनलाल माझी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

घाइते भएका मोटरसाइकल चालक ५४ वर्षीय शिव नारायण चौधरीको पार्वती मेमोरीयल अस्पताल छिटहामा उपचार भइरहेको छ ।

प्रदेश १ ०२ ००३ त १७५२ नम्बरको ट्रयाक्टरले को ३ प २५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुबै सवारी साधन सहित ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -