21.1 C
Kathmandu
Wednesday, June 29, 2022
21.1 C
Kathmandu
25.2 C
Birgunj

सप्तरीमा बस पल्टिँदा एकको मृत्यु, ११ जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०९ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह–कोसी ब्यारेज खण्डमा बिहीबार बिहान १० बजे यात्रुबाहक बस पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

- Advertisement -

दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

- Advertisement -

विराटनगरबाट भिमानतर्फ गइरहेको ना ५ ख १८९८ नम्बरको यात्रुबाहक बस ओभरटेक गर्ने क्रममा हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह–कोसी ब्यारेज खण्डमा सडकभन्दा तल पल्टेको थियो ।

बस पल्टिँदा स्थानीय र सुरक्षाकर्मीहरुले घाइते यात्रुहरुलाई उद्धार गरेपनि एक जना ५५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

बसमा सवारमध्ये ११ जना घाइते भएका छन् । उनीहरुको भारदह अस्पतालमा उपचार भइरहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -