22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते

सिफारिस

जनकपुर,असार ९ । सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।

- Advertisement -

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा बिहीबार बिहान बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ बर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका हुन् ।

बसमा सबार ११ जना घाइते भएका छन् । घाइतेमध्येृ ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख १८९८ नम्बरको यात्रुबाहक बस अचानक अनियन्त्रित भएर सडकभन्दा २० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -