काठमाडौँ,१० असार । नेपाली बजार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९६ हजार सात सय कायम भएको छ।
आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यको तुलनामा १० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी तोलाको १ हजार २४० रुपैयाँ निर्धारण गरिएको छ।