बीरगन्ज, ११ असार – समाजिक उतरदायित्व अन्तर्गत नबिल बैंकले बिपिसी कलेजको सहकार्यमा शुरु गरेको नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप (नबिल एसइइ) अन्तर्गतको प्रमाणपत्र पाठ्यक्रम कार्यक्रमकाको उद्घाटन सम्पन्न भएको छ । मधेश प्रदेशभरी संचान हुने कार्यक्रमको पहिलो कक्षा बीरगन्जमा संचालनमा आएको छ ।
सो कार्यक्रमको लागि बिपिसी कलेजमा निर्माण भएको कक्षाको एक कार्यक्रमका बिच बीरगन्ज मेयर राजेशमान सिंहले उद्घाटन गरेका छन् । कक्षा कोठाको मुल गेटमा लगाइएको रिबन काटेर मेयर सिंहले कक्षा कोठा एवं कक्षाको समेत उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मेयर सिंहले नबिल बैंकले यस्तो महत्वपूर्ण कार्यक्रम गर्न मधेश प्रदेश भारीमा बीरगन्जलाई छान्नेकोमा धन्यवाद दिदै यो अभियान बीरगन्ज महानगरपालिकाको तर्फबाट हुन सक्ने सबै खाले सहयोग गर्न आफु तयार रहेको प्रतिब्धता व्यक्त गरेका थिए ।
उद्यमशीलता बिना देशमा समृद्धिको कल्पना पनि गर्न नसकिने बताउँदै मेयर सिंहले नबिल बैंक र वीरगञ्ज पब्लिक कलेजले संयुक्त रुपमा सञ्चालनमा ल्याएको यस कार्यक्रमले बीरगन्ज बिद्यमान रहेको बेरोजगारी समस्या समाधानमा कोसेढुङ्गा साबित हुने कुरामा बिश्वास व्यक्त गरेका थिए ।
सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न सञ्चालन गरिएको नबिल एसइइ अन्तर्गतका प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याचको आज उद्घाटन गरिएको हो । पहिलो ब्याचका लागि ६१ जनाले आवेदन दिएकोमा २५ जना छनोट भएको कार्यक्रमका मधेश प्रदेश संयोजक अरविन्द श्रेष्ठले जानकारी दिए । २५ जना सहभागी हारुलाई ४ वटाको समूहमा बाडेर वर्षभारी प्रमाणपत्र कक्षा सञ्चालन गरिने छ ।
आवेदकहरुले पेश गरेको आवेदनलाई सामाजिक उद्यमको सम्भाव्यता अथवा समुदायमा सामाजिक उद्यमशिलता प्रवद्र्धन गर्ने सक्ने जस्ता मापदण्ड राखेर सहभागिहरुको छनौट गरिएको अरविन्दले बताए । उनले कार्यक्रम वर्षभारी चल्ने भएको हुनाले १८ वर्ष पार गरेका उद्यमशिलता प्रबद्र्धन गर्न इच्छुक विद्यार्थी र उद्यमीले वर्षको कुनैपनि बेला आएर आवेदन दिन सक्ने जानकारी दिए ।
प्रमाणपत्र कार्यक्रमले मुख्यगरी कृषि, शिक्षा, स्वास्थ्य, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरु र क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशिलता प्रवद्र्धनलाई जोड दिने बैंकका मधेश प्रदेश प्रमुख दीपक श्रेष्ठले बताए ।
समाजमा सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव सृजना गर्ने कुनै परियोजनाहरु वा सोचलाई उद्यममा रुपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य रहेको दीपकले बताए । यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने उनको भनाई छ ।
श्रेष्ठका अनुसार छनौटमा परेका सहभागिहरुलाई सामाजिक उद्यमशिलता सम्बन्धि विभिन्न विषय वस्तुहरुमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागी गराइनेछ । तीन महिनाको प्रशिक्षणपछि सहभागिहरु उद्यमशिल सोच र लगानी योग्य व्यवसायीक योजना तयार गर्न सक्ने हुनेछन् ।
कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरुसँग साझेदारी गरिएको छ । यो साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त जनशक्ति तयार गर्ने यस कार्यक्रमको सोच रहेको श्रेष्ठले बताए ।
उदघाटन कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजका संस्थापक निर्देशक एवम् शिक्षाविद् डा. दीपक शाक्य, कलेजका प्रधानाध्यापक विनय श्रेष्ठ, नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष राकेश साहलगायतको उपस्थिति रहेको थियो ।.