वीरगंज,१८ बैशाख – हरिखेतान क्याम्पसमा भएको तोडफोडको घटना सुनयोजित तवर घटाइएको भन्दै एनआई कलेजसँग क्षतीको भरपाई गराउँन निर्णय भएको छ । क्याम्पसमा भएको तोडफोडको घटना बारे ध्यानाकर्षणको लागि जिल्ला प्रशासन कार्याल पर्सामा बोलाइएको बैठकको क्रममा क्षतीपुर्ति एनआई कलेजलाई दिनु पर्ने निर्णय भएको हरिखेतान क्याम्पसले एक बिज्ञप्ती प्रकाशित गरी जानकारी दिएको छ ।
बिज्ञप्तीमा एनआई कलेजकाका संचालकले परिक्षाको केन्द्राध्यक्ष किरोरी रायलाई प्रलोभनमा पार्न खाजेको एवं सो कार्यमा सफल नभएपछि गलत अफवाह फैलाई डर त्रास देखाउने काम भएको एवं कर्मचारी,शिक्षक,शिक्षिका तथा परिवेक्षकहरुलाई लागि वेज्जती गरेको भनिएको छ ।
चिट चोराउँन तथा नक्कल गर्न÷गराउँन गरिएको प्रयासमा सफल नभएपछि राजनितिक व्यक्तिहरुबाट एवं अभिभावक बिधार्थीहरुबाट क्याम्पसमा भएको तोडफोडको घटनालाई अन्जाम दिइएको बिज्ञप्तीमा उल्लेख रहेको छ ।
एनआई कलेजको अग्रेजी शिक्षक जयप्रकाश साह,संचालक तर्फको नातामा पर्ने अमरिश सिंह एवं आफुलाई एनआई कलेजको सेनियर सेयर होल्डर बताउने सुधिर पटेलले बिधार्थीहरुको हुलहुज्जत ल्याई शिक्षक,कर्मचारीहरु माथी हातपात गर्दै क्याम्पसको उपकरण सवारी साधन तथा कर्मचारीहरुको निजि सवारी साधन,कम्पुटर, लैव मसिन,फ्रिज,प्रोजेक्टर लगायतको समाग्री तोडफोड गरेको हरिखेतान क्याम्पसले १७ गते प्रकाशित गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा शिक्षाको स्तर खस्काउने तथा चिट चोर्ने नक्कल गर्ने कार्य गरिए बिधार्थीहरुको भविष्य खराब हुने भनिएको छ भने भोलिका दिनमा कागज मात्रको डिग्रीले के कस्तो प्रभाव पार्छ भन्ने कुराको ध्यान आकर्षण गराइएको छ ।
हरिखेतान क्याम्पसका भएको तोडफोडको क्रममा झण्डै एक करोड रुपैया बराबरको क्षती भएको क्याम्पस प्रशासनले जनाएको छ

