शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

मधेश सरकारले चार सय महिलालाई लोकसेवाको तयारी गराउदै

सिफारिस

जनकपुरधाम, अषाढ १८ । लोक सेवाको परिक्षामा मधेशका महिलाहरुले राम्रो नतिजा ल्याउन नसकिरहेको बेला मधेश सरकारले प्रदेशका ४ सय महिलाहरुलाई लोक सेवा परीक्षाको तैैयारी गराउन थालेका छन ।

- Advertisement -

मुख्यमन्त्री बेटी पढाउ,बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालित लोकसेवा तैयारी कक्षामा प्रदेश भरिमा खरिदार सुब्बाको गरि ४ सय महिलाले तालिम लिइ रहेको कार्यक्रमका संयोजक प्रियंका यादवले जनाउनु भएको छ ।

मधेश सरकारको महत्वांकाक्षी योजना अनुरुप संचालित लोकसेवा कक्षामा प्रत्येक जिल्लामा २५ जना खरिदार र २५ जना सुब्बाको तैयारी कक्षामा सहभागी भएका छन ।

- Advertisement -

जेठ १९ गते देखी शुरु भएको लोकसेवा तयारी कक्षा सप्तरीको रा.ठा.जो भगत मावि राजविराज, सिरहाको सिद्धार्थ शिशु निकेतन सिरहा, धनुषाको ज्ञानकुप मावि जनकपुरधाम, महोत्तरीको विणा विद्या मन्दिर जलेश्वर, सर्लाहीको पब्लिक मावि मलंगवा, रौतहटको गौरीशंकर यादव रौतटह क्याम्पस गौर, बाराको पन्ना देवी कन्यामावि कलैया र पर्साको सुन्दरमल्ल रामकुमार कन्यामावि विरगंजमा कक्षा संचालन हुँदै आएको छ ।

लोकसेवा तयारी कक्षाले लोकसेवाको परिक्षामा सहभागी हुने विद्यार्थीहरुको मनोबल उच्च पार्नुका साथै परिक्षाको सटिक तयारी गराउने विश्वास लिइएको छ ।

मधेश प्रदेश सरकारले प्रदेश लोकसेवामा ५० प्रतिशत महिलाहरुकोे लागी गरेको आरक्षणमा योग्य महिलाहरु प्रवेश गराउन लोकसेवा तयारी कक्षा सहायक हुने अपेक्षा प्रदेश सरकारले राखेको छ ।

यस अघि मधेश सरकारले आव २०७५÷७६मा १०० जना, आव ०७६÷७७मा ३५० जना महिलाहरुलाई लोकसेवाको तैयारी कक्षा गराइ सकेका छन ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार