बीरगन्ज,२० साउन – सशस्त्र प्रहरी वल १३ नम्बर गण बीरगन्ज पर्साको टोलीले भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको छ । पर्साको बहुरमाई नगरपालिका वडा नं. ७ छप्कैया स्थित श्री बाल निकेतन ईङ्गलिस बोडिङ्ग स्कुलको पुरानो भवन पछाडी लागु औषध गाँजा लुकाई छिपाई राखेको बिशेष सूचनाको अधारमा पुगेको सशस्त्र प्रहरीको टोलीले झाडी भित्र लुकाई राखिएको अवस्था प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको हो ।
गाँजाको परिमाण २४० किलो ग्राम रहेको सशत्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार वस्नेतले बताए । सूचनाको अधारमा ७ जनाको संख्यामा पगेको सशत्र प्रहरी वलको टोलीले सो परिमाणको गाँजा बरामद गरेको वस्नेतले बताए । गाँजा तस्करहरुले गाँजालाई पलास्टिक भित्र पोको पारी बण्डल बनाएर राखेको थियो ।
बरामद गरिएको गाँजा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएकोसशस्त्र प्रहरी वल १३ गाणका सशस्त्र प्रहरी उपरीक्ष तेज प्रसाद पोखरेलले बताए । उनका अनुसार पलास्टिक भित्र पानीले समेत नरुझने गरी पोको पारेर बनाइएको सो परिमाणको गाँजा सशस्त्र प्रहरीले सूचना प्राप्त गरेकाे आधी घण्टा भित्रमा बरामद गरेको हो । लागु औषध तस्कर समुहले अपत्यारिलो ठाउँमा राखेको गाँजा सशस्त्र प्रहरी वलको टोलीले बेलुका ६ बजेर ३० मिनेट बरामद गर्न सफल भएकाे सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताए ।