25.1 C
Kathmandu
Friday, September 30, 2022
27.1 C
Kathmandu
33.4 C
Birgunj

तमलोपाले माग्यो राष्ट्रपतिको राजीनामा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०५ असाेज । तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान घोर उल्लंघन गरेको भन्दै तमलोपाले राष्ट्रपति भण्डारीको राजीनामा मागेका हुन् ।

- Advertisement -

तमलोपा अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको घोर उल्लंघन र आफ्नै देशको जनताविरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन सक्दैन । हामी राष्ट्रपति विद्या भण्डारीको तत्काल राजीनामाको माग गर्दछौं ।’

- Advertisement -

संवैधानिक राष्ट्रपतिले राजतन्त्रमा जसरी सबै शक्तिको स्रोत देखाउने कोसिस गरेको पनि तमलोपाले जनाएको छ । त्यस्तै तमलोपाले राष्ट्रपतिको कदमलाई आफ्नै देशका जनताविरुद्ध विभेदकारी मानसिकताले गरिएको षड्यन्त्र भएको संज्ञा दिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -