28.1 C
Kathmandu
Thursday, September 29, 2022
27.1 C
Kathmandu
32.9 C
Birgunj

सत्ता गठबन्धनका दल निकटका पर्साका युवा संगठनले बुझाए प्रजिअ मार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,७ असोज – सत्ता गठबन्धनका दल निकटका पर्साका युवा संगठनहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको विरोधमा आपत्ती जनाउदै राष्ट्रपति विधादेवी भण्डारीको ध्यानाकर्षण गराउँन पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत राष्टपतिको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

- Advertisement -

शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउदै उनिहरुले राष्ट्रपति भण्डारीको ध्याानाकर्षण गराएका हुन् । काँग्रेस निकटको नेपाल तरुण दल , माओवादी केन्द्र निकटको वाइसियल नेपाल , जसपा निकटकोसमाजजवादी युवा संघ र एकीकृत समाजवादी निकटको युवा संघ नेपालले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाइ ज्ञापन पत्र बुझाएका हुन् ।

- Advertisement -

ज्ञापनपत्र मार्फत उनिहरुले संविधानको पूर्ण पालना र संरक्षणको लागि राष्ट्रपति भण्डारीसंग माग गरिएको युवा संघ नेपाल केन्द्रिय सदस्य पर्साका ईन्चार्ज अनिल पटेल ले जानकारी दिए । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दोश्रो पटक पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समय सिमा भित्र प्रमाणिकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान र सवैधानिक व्यवस्था माथि नै गम्भीर रूपले प्रहार गरेको ठहर युवा संगठनहरुको छ ।

राष्ट्रपति भण्डारीको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन पनि भएको भन्दै सचिव चौरसीयाले संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, सवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मान्यता माथि नै गम्भीर प्रहार भएको युवा संगठनहरुको ठहर रहेको बताए ।
त्यसैले नागरिकताबाट बन्चित लाखौ युवा युवतीहरुको हक अधिकरको सुनिश्चित गर्न राष्ट्रपति भण्डारीले संविधानको पूर्ण पालना र संरक्षणको लागि माग गर्दै ज्ञापन पत्र बुझाइएको युवा संघ नेपाल का केन्द्रीय सदस्य सञ्जु चौधरीले बताए ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा सचिव विवेक चौरसीया, वाइसियल नेपालका पर्सा इन्चार्ज सन्तोष पटेल ,समाजजवादी युवा संघका पर्सा अध्यक्ष गौरव बर्मा र युवा संघ नेपालका केन्द्रीय सदस्य पर्सा ईन्चार्ज अनिल पटेल, महानगर संयोजक बिरेन्द्र कण्ठ, पर्सा अध्यक्ष श्रीलाल कुशवाहा, वाइसियल पर्सा का सँयोजक दिपेन्द्र पटेल लगायतको सहभागीता रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -