शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
18.1 C
Kathmandu
23.8 C
Birgunj

ओलीको संसद विघटनको विरोध गरे, ‘तिलोत्तमा ब्राण्ड’को जगमा एमाले सांसद बने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

८ मंसिर, बुटवल । रुपन्देही-५मा नेपाली काँग्रेसले लगातार तीनपटक जित्दै आएको थियो । २०७४ मा वाम गठबन्धनका अघिल्तिर कांग्रेसका अधिकांश नेता पराजित हुँदा पनि यो क्षेत्रमा भरतकुमार शाहले १२ हजार बढीको अन्तरले जितेका थिए ।

- Advertisement -

यसपटक उनै शाह चौथो जितको प्रतिस्पर्धामा थिए । तर उनलाई पहिलो पटक संसदीय चुनाव लडेका तिलोत्तमा नगरपालिकाका निवर्तमान नगर प्रमुख बासुदेव घिमिरेले ९ हजार बढी मतको फराकिलो मतान्तरले पराजित गरेका छन् ।

शाहको बलियो पकड मानिएको क्षेत्रमा घिमिरेले जित्नुको प्रमुख कारण ‘तिलोत्तमा ब्राण्ड’ मा सफल मेयरको पहिचान हो ।

- Advertisement -

२०७४ मा तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर घिमिरेले नौला र अनुकरणीय कामहरुमार्फत तिलोत्तमालाई मुलुककै उत्कृष्ट नगरपालिका बनाउन सफल भएका थिए । पार्टीभित्रको रस्साकस्सीका बीच टिकट पाएर चुनावी मैदानमा छिरेका घिमिरेको जितको मुख्य भूमिका ‘तिलोत्तमा ब्राण्ड’ नै भएको सो क्षेत्रका मतदाताहरु बताउँछन् ।

घिमिरेले आफूले पाउने ५ वर्षकै सेवा सुविधा सरकारी विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति बांड्नेदेखि काठमाडौं बाहिर पहिलो लगानी सम्मेलन, नगरलाई खुल्ला प्लास्टिकमुक्त नगर, बालमैत्री नगर र अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र दिलाउँदै दुई पटक उत्कृष्ट नगरपालिका बनाएका थिए ।

यही पहिचानका कारण अब्बल जनप्रतिनिधिको रूपमा प्रमाणित भएका कारण घिमिरेलाई नयाँ निर्वाचन क्षेत्र प्राप्त भए पनि मतदातामाझ परिचित हुन धेरै समय लागेन ।

संसदीय राजनीतिको लागि उनको दाबी क्षेत्र नं. ३ मा थियो, जहाँ एमालेले राप्रपालाई सिट छाडेपछि यो पटक उनले संसदीय राजनीतिको आशा मारेका थिए । तर, परिस्थिति यस्तो बन्यो कि क्षेत्र नं. ५ मा ‘अप्रत्याशित’ टिकट लिएर पार्टीभित्रको सुरुवाती असन्तुष्टिका बीच घिमिरे जीतको ताज पहिरिन सफल भए ।

संयोग नैं मान्नुपर्छ-तिलोत्तमाको नगर प्रमुखको टिकट पाउँदा पनि उनले पार्टीमा ठूलै रस्साकस्सी गर्नुपरेको थियो । पार्टीले मोहन चापागाईलाई दिएको टिकट घनश्याम भूसालको जोडबलमा खोसेर घिमिरेले पाएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि यस्तै क्रम दोहोरियो । अहिले पनि शुरुमा बासुदेवले टिकट लिएर आएपछि पार्टीकै अर्का नेता खिमलाल भट्टराईले एकाएक राष्ट्रिय सभा सदस्यबाट राजीनामा अर्को टिकट लिएर आएपछि को आधिकारिक भन्ने विवाद चर्कियो ।

विवाद मात्र भएन, खिमलाल पक्षधरले घिमिरेको मनोनयनपत्र दर्ता सम्बन्धी कागजपत्रको फाइल खोसेर गाडीमा लिएर भाग्न खोजेका थिए । बासुदेवले ड्राइभरको सिटनिरको शिशा जबरजस्ती खोलेर फाइल खोसेर ल्याएर मनोनयन दर्ता गरे ।

घिमिरेले मनोनयन दर्ता गरेको केही घण्टापछि भट्टराईले पनि मनोनयन दर्ता गरे । यसपछि घिमिरेलाई मनोनयन दर्ता फिर्ता लिन घेराबन्दी र दबाब पनि भयो । तर घिमिरे पछि हटेनन् । यस विषयले पार्टीभित्रकै एउटा पक्षले घिमिरेलाई सहयोग नगरेको चर्चा भयो ।

बासुदेवका चुनावी कमाण्डर बनेका खिमलाल भट्टराई एक हप्ता भन्दा धेरै अवधि विरामी भएर प्रचारमा हिंडेनन् । यसका वावजुद पनि घिमिरेले घरदैलो सहित चुनावी अभियानलाई निरन्तरता दिए र विजयको नतिजा निकाल्न पनि सफल रहे ।

‘तिलोत्तमालाई दुई पटक उत्कृष्ट नगरपालिका बनाएको देखेका थियौं, यो क्षेत्रमा तीनपटक जितेका नेताले खासै काम नगरेको हुंदा घिमिरेलाई रोजेका हौं’–लुम्बिनी सांस्कृतिक नगरपालिकाका युवा व्यवसायी उपेन्द्र अधिकारी भन्छन्, ‘रुपन्देही ५ मा पनि बासुदेवले मतदातालाई परिवर्तनको अनुभुति दिलाउंछन् भन्ने विश्वास छ ।’

को हुन् बासुदेव ?

तिलोत्तमा ४ स्थायी ठेगाना भएका बासुदेव घिमिरेको जन्म २०२५ असार २६ गते गुल्मीको बडागाऊँ (हाल मुसिकोट नगरपालिकामा भएको हो । बुबा स्व. छायादत्त र आमा भीमादेवीको चार भाई र तीन दिदीबहिनीमध्ये बासुदेव साइँला हुन् ।

उनको प्रारम्भिक शिक्षादिक्षा गुल्मीको मैदान स्थित पृथ्वी माविमा भएको थियो । घिमिरे परिवार बसाईरसाई गरेर २०४० सालमा रुपन्देहीको शंकरनगर ड्राइभरटोलमा झरेपछि उनले शान्ति माविबाट एसएलसी उत्तीर्ण गरी बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसबाट स्नातक गरे । किसान परिवारबाट उदाएका घिमिरे अहिले पनि गाई पाल्छन् ।

बासुदेव राजनीतिक यात्रामा २०४४ सालबाट जोडिएका हुन् । तर, उनले २०४८ मा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरे । उनले पार्टीको गाउँ कमिटी सचिव भएर दुई कार्यकाल पूरा गरे ।

इलाका सचिव हुँदै उनले क्षेत्रीय अध्यक्ष हुँदै रुपन्देही जिल्ला कमिटीमा तीन कार्यकाल सदस्य भएर काम गरे । हाल उनी पार्टीका प्रदेश कमिटी सदस्य तथा केन्द्रीय स्थानीय तह विभाग सदस्य हुन् । युवा संघ नेपालको गाउं कमिटी,अध्यक्ष, क्षेत्रीय अध्यक्ष हुँदै दुई कार्यकाल जिल्ला अध्यक्ष भएका घिमिरेले केन्द्रीय सदस्यको रुपमा समेत काम गरे ।
पाँच वर्षमा घिमिरेको नेतृत्वमा तिलोत्तमा नगरपालिकामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रुपान्तरणको क्षेत्रमा थुप्रै रचनात्मक कामहरु भए । तिलोत्तमाले गरेका कतिपय काम राष्ट्रिय रुपमै चर्चामा मात्र रहेनन्, अन्य पालिकाहरुको लागि सिकाई समेत बन्दै आएका छन् ।

पार्टीमा घनश्याम भूसाल निकट रहेका घिमिरेले केपी शर्मा ओलीले पहिलोपटक संसद विघटन गर्दा त्यसको विरोधमा विज्ञप्ति जारी गरेका थिए । तर पछि उनी भूसाललाई छाडेर संस्थापन पक्षमा उभिए । उनलाई हालका उपाध्यक्ष विष्णु पौडेलले संस्थापन पक्षमा तानेका हुन् ।

‘म कुरा भन्दा काममा विश्वास गर्छु जनताले देखिने गरी परिवर्तनको अनुभूति दिलाउने गरी संसदमा भूमिका खेल्छु।’ घिमिरेले अनलाइनखबरसंग भने–‘भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि र युवा रोजगारीका साथै बुद्ध जन्मस्थल लुम्बिनीको माध्यमबाट क्षेत्रको विकासका लागि नीति र कानुन बनाउन पहल गर्ने मेरो प्राथमिकता हुन् ।’

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार