21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

बारा क्षेत्र नं. १ र ३ मा नेकपा एमाले बिजयी,मैनालीले बदला लिए ज्वालाले जलवा देखाइन्

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,९ मंसिर – बाराको पछिल्लो मत परिमाण अनुसार प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एमालेले दुई स्थानमा बिजयी हासिल गरेको छ । बाराको क्षेत्र नं. १ बाट नेकपा एमालेका उम्मेदवार अच्युत मैलाली र क्षेत्र नं. ३ बाट नेकपा एमालेकी उम्मेदवार ज्वालाकुमारी साह बिजयी भएकी छिन् ।

- Advertisement -

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उमाकान्त चौधरीलाई ९ हजार १ सय ३९ मतान्तरले मैनालीले पराजित गरेका छन् । मैनालीले ३९ हजार १ सय ९५ मत प्राप्त गरेका छन् भने उनका निकटत्म प्रतिद्वन्दी चौधरीले ३० हजार ५६ मत मात्र प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमालले ३ हजार ३ सय १९ मत प्राप्त गरेका छन् । मैनाली यसअघिका निर्वाचनमा चौधरीसँग पराजित भएका थिए । उनले यस पटक भने आफ्नो हारको बदला लिएका छन् ।

यता बाराको निर्वाचन क्षेत्र नं. ३ मा आफ्नो निकटत्म प्रतिद्वन्दीलाई २ हजार ९ सय ८२ मतान्तरले ज्वालाकुमारी साह पराजित गरेकी छन् । साहले २० हजार २ सय ५१ मत प्राप्त गरेकी छिन् भो उनका निकटत्म प्रतिद्वन्दी रामबाबुकुमार यादवले १७ हजार २ सय ६९ मत मात्र प्राप्त गरेका छन् । त्यसैगरी लालबाबु भुइहारले जम्मा ११ हजार ९ सय ६४ मत प्राप्त गरेका छन् ।

भइहार नेपाली कांग्रेसबाट लोसपा प्रवेश गर्दै साईकल छापबाट चुनाव लडेका थिए । बारा १,३ र ४ मा २०७४ को निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभा सदस्यहरु यस पटक पराजित भएका छन् । त्यसैगरी बारा क्षेत्र नं. २ मा यसअघिको निर्वाचनमा निर्वाचित भएका रामसहाय यादवलाई पछि पार्दै वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवहाले अग्रता लिइरहेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -