बीरगन्ज,१५ मंसिर । बीरगन्जमा ट्रकको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । बीरगन्ज महानगरपालिका वडा नम्बर २५ चण्डालचोकस्थित सडकखण्डमा बहुअरीबाट आईसिपी गेटतिर जाँदै गरेको ना.३ख ६०७५ नम्बरको ट्रकको ठक्करबाट साइकलमा सवार बृद्धाको मृत्यु भएको हो ।
बीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी निवासी ७० वर्षीय रुपा राउत कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएको खबरपश्चात प्रहरी चौकी सिर्सियाबाट प्रहरी निरीक्षक दावा छिरिङ् शेर्पाको नेतृत्वमा खटिएको टोलीले घाइते कुर्मीलाई उपचारका लागि नारायणी अस्पताल लिएर जाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्रक प्रहरीको नियन्त्रणमा छ भने बीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर बस्ने २५ वर्षीय ट्रक चालक छोटु कुमार कुशवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता गिरीले बताए ।