10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

प्याब्सन T-20 क्रिकेट : मिनील्याण्ड, ज्ञानदा र गौतम विजयी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ७ माघ- प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबार पनि नकआउट चरणका तीन खेलहरु भएका छन् ।

- Advertisement -

शनिबार भएको पहिलो खेलमा मिनील्याण्ड सेकेण्डरी स्कुल विजयी भएको छ । माउन्ट एडमण्ड सेकेण्डरी स्कुललाई ५१ रनले पराजित गर्दैै मिनिल्याण्ड विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको मिनिल्याण्डले पुरै १५ ओभर खेलेर ३ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । १ सय ६२ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको माउन्ट एडमण्डले पुरै १५ ओभर खेल्दा ९ विकेटको क्षतिमा १ सय १० रन मात्रै बनाउन सक्यो । ३५ बलमा ९ चौका, ३ छक्का सहित ६३ रन बटुल्न सफल मिनिल्याण्डका सोनु पटेल म्यान अफ दी म्याच घोषित भए ।

शनिबार भएको दोस्रो खलेमा ज्ञानदा एकेडेमी विजयी भएको छ । ओम नेशनल एकेडेमीलाई ५ विकेटले पराजित गर्दै ज्ञानदा विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको ओम नेशनल एकेडेमीले १२.४ ओभरमा मात्र ८३ रन बनाएर अलआउट भएको थियो । जवाफी ब्याटिङ गरेको ज्ञानदाले १०.३ ओभर खेल्दै मात्र ५ विकेटको नोक्सानीमा निर्धारित लक्ष्य पूरा गरेपछि विजयी भएको हो । खेलमा ज्ञानदाका युवराज सर्राफ म्यान अफ द म्याच घोषित भए ।

- Advertisement -

यस्तै, शनिबारको तेस्रो खेलमा गौतम मावि विजयी भएको छ । प्रतिस्पर्धी कंचनजंघा माविलाई पराजित गर्दै गौतम मावि विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको कंचनजंघा दिएको झिनो ६० रनको लक्ष्य बिना कुनै विकेटको नोक्सानी २.४ ओभरमै पूरा गरेपछि गौतम विजयी भएको हो । खेलको म्यान अफ द म्याच गौतमका नितेश चौधरी भए ।

प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत आईतबार नकआउट चरणको एउटा खेल हुनेछ । नकआउट चरणको अन्तिम खेलमा आईतबार सेन्ट जेभियर्स मावि र लिटल एन्जल्स मावि भिड्नेछन् । यस्तै, आईतबारबाटै प्रि क्वाटरफाईल अन्तर्गतका खेलहरु हुनेछ । आईतबार मनकामना मावि र गोल्डेन फ्युचर मावि तथा मिनील्याण्ड मावि र जीवन ज्योति मावि बीच प्रि क्वाटर फाईनल अन्र्तगत खेल हुनेछ। प्रतियोगितामा ८ विद्यालयले सिधैं प्रि क्वाटर फाईनल प्रवेशका लागि बाई पाएको प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए । माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयको सहभागीता छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -