10.1 C
Kathmandu
Saturday, January 28, 2023
7.7 C
Kathmandu
10.6 C
Birgunj

बीरगन्जमा एकैदिन २ करोडकाे सामानसहित तीन वटा गाडी नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० माघ । बीरगन्जमा प्रहरीले एकै दिन २ करोड भन्दा बढि मुल्यको तस्करीको सामान सहित तीन वटा मालवाहक सवारी साधन बरामद गरेको छ ।

- Advertisement -

भारतबाट राजश्व छलेर भित्रयाइएको आशंकामा सोमबार प्रहरीले बीरगन्जको ड्राइपोर्ट चोक र आदर्शनगरबाट ती मालसामान सहितको दुइ वटा ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिलएको हो ।

बीरगन्जको आइसिपी हुदै काठमाण्डौ जाँदै गरेको बीआर ०५ जी ९४९१ नम्बरको पिकअप गाडी वीरगन्ज २६ ड्राइपोर्ट चोकबाट , ना.५ ख ३८४७ नम्बरको ट्रक र बा.प्र.०३–००१ ख १२६४ नम्बरको ट्रक बीरगन्ज १० आदर्शनगरबाट प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।

- Advertisement -

चेकजाँचका क्रममा ती तीन वटै मालवाहक गाडीबाट बिलबिजक नभएका करिब २ करोड १२ लाख ९२ हजार ४५२ रुपैया मुल्यको लत्ताकपडा र खुद्रा सामानहरु बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरिले बताए ।

बिलबिजक बेगरका सामान फेला परेपछि सामन सतिहको तीन वटै गाडी अनुसन्धान तथा आवश्यक कारबाहीको लागि मङगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरिले बताए ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -