शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
20.1 C
Kathmandu
30 C
Birgunj

फाइजर खोपमा भ्रम फैलाइयो, मन्त्रालयको निर्देशन अनुसार खोप लगाइएको हो : महानगर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० माघ- स्वास्थ्य मन्त्रालयको निर्देशन र जिल्ला खोप समन्वय समितिको निर्णय बमोजिम बीरगन्जमा सोमबारबाट बालबालिकाका लागि कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ ।५ वर्ष देखि ११ वर्षसम्मका बालबालिकाका लागि हरेक वडामा खोप केन्द्रमार्फत कोभिड विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले वीरगञ्जका लागि ८ हजार भाइल फाइजर खोप पठाएको छ । मन्त्रालयले पठाएको खोपको लेभलमा म्याद गुज्रेको उल्लेख हुँदा महानगरले खोप अभियान चलाउन रोकेको थियो ।

- Advertisement -

मन्त्रालयले पठाएको पत्रमा पनि लेभलमा म्याद गुज्रेको उल्लेख भए पनि खोपको सेल्फ लाईफ ३ महिना थप गरिएको भन्दै फेब्रुअरी २०२३ सम्म म्याद रहेकाले सबै बालबालिकालाई खोप लगाउन निर्देशन नै दिएको थियो । ‘राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार हाल नेपालमा भएको कोभिड १९ विरुद्धको फाइजर खोपको पनि सेल्फ लाइफ ९ महिनाबाट १२ महिना ९३ महिना थप० कायम भएको हुँदा लेबलमा भएको म्याद गुज्रने मितिमा पनि ३ महिना थप भइ नोभेम्बर २०२२ बाट फेब्रुअरी २०२३ कायम भएको व्यहोरा जानकारीका लागि अनुरोध छ’ भन्ने व्यहोरा मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।

मन्त्रालयको निर्देशन र जिल्ला खोप समन्वय समितिको पटक पटकको ताकेतापछि महानगरको समन्वयमा बालबालिकालाई खोप लगाउन थालिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताए ।
कोभिड संक्रमण नियन्त्रणका लागि बालबालिकालाई फाइजर खोप लगाउन पर्ने भएकाले खोप अभियान नरोक्न प्रमुख जिल्ला अधिकारीकारी नेतृत्वको जिल्ला खोप समन्वय समितिले निर्देशन दिएपछि महानगरले समन्वय गरेर खोप अभियान अघि बढाएको हो ।

- Advertisement -

स्वास्थ्य मन्त्रालयले दिएको खोप समन्वय समितिको निर्णय बमोजिम संचालन गरिदिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख जयसवालले प्रष्ट पारे । बाहिर आए जस्तो खोपको म्याद गुज्रेको भन्ने भ्रमबाट मुक्त हुन उनले सबैलाई आग्रह गरे । विश्व स्वास्थ्य संगठन तथा विशेषज्ञहरुको रायबाट यो अभियान चलेको भन्दै यसमा कोही पनि भ्रमित नहुन र खोप लगाउने कार्यमा बालबालिकालाई सहभागिता गराउन पनि उनले आग्रह गरे । अहिले जिल्ला स्वास्थ्य कार्यालय पर्साको समन्वयमा जिल्लाकोे वीरगञ्ज महानगरसहित १४ वटै स्थानीय तहमा अभियान संचालन गरिएको छ ।
महानगरमा सोमबार मात्रै ४ हजार जनाले खोप लगाएका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार