बीरगन्ज,१० माघ – पर्सा प्रहरीले लेवल मेटी बिक्री वितरण गरेको मोविल लगायतका समान सहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा सोमवार जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको प्रहरी अधिकृत सहितको टोलीले बीरगन्ज महानगरपालिका वडा नं.३ छपकैया समसुन ट्रेडर्सका सञ्चालक जिल्ला पर्सा वीरगञ्ज
महानगरपालिका वडा नं.३ छपकैया बस्ने वर्ष ३५ को शेष आविद अली र ऐ.वडा नं.१७ अलौ बस्ने वर्ष २३ को शेष कौशलले संचालन गरेको समसुन ट्रेडर्सबाट लेवल मेटी विक्रीको लागि लगिरहेको तथा शंकास्पदरूपमा भण्डारण गरी राखिएको मोविदल १०५० लिटर,ब्रेक आलय ४५ डिब्बा तथा अन्य सामाग्रीहरू बरामद गरी पर्सा जिल्ला अदालतबाट पक्राउ परेका शेष आविद अली र शेष कौशल विरुद्द कालो बजारी अन्तर्गतको कसूरमा दिन–७ (सात) म्याद थप गरी अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ।