10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

किसानको वर्गीकरण गरी सुविधा बाँडिनेछ : कृषिमन्त्री साह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,११ माघ । कृषिमन्त्री ज्वालाकुमारी साहले किसानको वर्गीकरण गरी कृषिजन्य सुविधा बाँड्ने बताएकी छन् । गृहजिल्ला बाराको निर्वाचन क्षेत्र नम्बर २ पचरौता नगरपालिकाद्वारा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्तो बताएकी हुन् ।

- Advertisement -

‘देशमा बिचाैलीयाकाे हाबी हुँदा वास्तविक किसान कृषिजन्य सुविधा पाउनबाट वञ्चित रहेका छन्, जबसम्म म कृषिमन्त्रीको रुपमा बस्छु तबसम्म किसानलाई हरियाे, निलाे, पहेंलाे, राताे कार्ड मार्फत वर्गीकरण गरी मल, कृषि औजार, सिँचाइ सुविधा, बिउलगायत सुविधा उपलब्ध गराउँछु,’ मन्त्री साहले भनिन् ।

बिचाैलीयालाई तह लगाएर किसानकाे हातमा जसरी पनि सबै सुविधा उपलब्ध गराउनले उनले प्रतिबद्धता जनाएकी छन् । यसअघि पनि केपी ओली नेतृत्वको सरकारमा १३ दिनका लागि कृषिमन्त्री बनेकी उनले कृषिमा समृद्धि ल्याउने आफ्नाे याेजना रहेकाे बताइन् ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -