बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

पोर्चुगल लगायतका देश पठाइदिन्छु...

काठमाडौं,१५ चैत । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाइदिन्छु...

देशभरमा २ जना मृत...

काठमाडौँ,१५ चैत । रौतहट, वृन्दावन नगरपालिका–१ भोटिया टोल बस्ने ३५ बर्सिया सेतीमाया तामाङ...

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...
19.1 C
Kathmandu
33.8 C
Birgunj

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१८ माघ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान अध्यक्ष ओलीले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

- Advertisement -

भेटमा उनीहरूबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नागरिकता प्रकरणमा गृहमन्त्रीबाट पदमुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि गृहमन्त्री नै बनाउनुपर्ने अडान लिएका छन् ।

विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुन प्राप्तिका लागि आवश्यक प्रक्रिया नपुगेको भन्दै गत शुक्रबार सर्वोच्च अदालतले सांसद पद खारेजको आदेश जारी गरेसँगै उनको सभापति र उपप्रधान एवं गृहमन्त्री पद गुमेको थियो ।

- Advertisement -

प्रधानमन्त्री प्रचण्ड रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उनलाई गृह मन्त्रालयमा दोहोर्याउन आनाकानी गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने पुनः आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

यहीबीच सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार