शनिबार, असार ८, २०८१
Sat, June 22, 2024

क्यानडामा हुने ग्लोबल टी-२०...

८ असार, काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने...

पाँच प्रदेशमा मनसुनको प्रभाव...

८ असार, काठमाडौं । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी...

युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक...

८ असार,  काठमाडौं । युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार सम्पन्न...

इङल्याण्डमाथि दक्षिण अफ्रिका ७...

८ असार, काठमाडौं । दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप...
22.1 C
Kathmandu
28.3 C
Birgunj

एक्सनमा मधेसका मन्त्री कुशवाहा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१८ माघ । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री इन्जिनियर वसन्त कुशवाहाले मन्त्रालय सम्हालेलगतै काममा तीव्रता दिएका छन् । शुक्रवार पदभार ग्रहण गरेका मन्त्री कुशवाहाले मंगलबारसम्म प्रक्रियागत विभिन्न कामलाई अगाडि बढाएका छन् ।

- Advertisement -

मन्त्रालय मातहतमा खाली रहेको १ सय २२ वटा दरबन्दीमा कर्मचारी भर्नाका लागि उनले लोकसेवा आयोगलाई लेखेर पठाएका छन् । त्यसैगरी मधेस प्रदेशमा मल खादको आवश्यकताबारे अध्ययन र मौजुदा रहेको मल खादबारे जानकारी लिएका छन् । मल खादको आपूर्ति सहज गर्नका लागि उनले प्रक्रिया थालेको बताएका छन् ।

यसैगरी, मन्त्री कुशवाहाले किसानहरूको सुविधाका लागि किसान कार्ड वितरणको तयारी थालेका छन् । जसका लागि प्रत्येक पालिका स्तरमा स्वयंसेवक परिचालन गर्ने उनले जानकारी दिएका छन् ।

- Advertisement -

किसान कार्ड वितरण भए किसानहरूलाई अन्य सहुलियतका कामहरू गर्न सहज हुने भन्दै मन्त्री कुशवाहाले प्रक्रिया अगाडि बढाएका हुन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार