बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

टुँडिखेलमा मनाइयो सेना दिवस

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाएको छ ।
नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा सेना दिवस मनाएको छ।

- Advertisement -

हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी सेना दिवस मनाउने गरेको छ। शनिबार सेनाले २६०औं सेना दिवस मनाएको हो।

यस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि छन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

- Advertisement -

समारोहमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘महाशिवरात्री र सेना दिवस’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो।

समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्यायधीश हरिकृष्ण कार्की लगायत उपस्थित थिए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -