बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

बीरगन्जमा भोलि हुने सांस्कृतिक तथा खाना मेलाको सम्पूर्ण तयारी पूरा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,११ फागुन – बीरगन्ज कलेजले आयोजना गर्न लागेको रात्री सांस्कृतिक तथा खाना मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । दुई दिनसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको बीरगन्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीले बताए । विद्यार्थी पढाईसँगै आत्म निर्भर हुनु पर्ने भन्दै डा. चौधरीले सिक्दै जाउँ कमाउँदै जाउको अवधारणा अन्तर्गत कार्यक्रमको आयोजन गरिएको बताए ।

- Advertisement -

नेपाल पोष्टसँग कुराकानी गर्दै चौधरीले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको तथा १२ गते शुक्रबार दिउँसो ३ बजे कार्यक्रमको भव्य उद्घाटन कार्यक्रम रहेको जानकारी दिए । उनले मेलामा लोक खाना तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुने बताए । सांस्कृतिक कार्यक्रममा कलेजका विद्यार्थीहरु सहित पर्साका चर्चित गायक सुनिल पंडितको समेत प्रस्तुति हुने डा. चौधरीले बताए ।

मेलाको व्यवस्थापन मात्र कलेजले गरेको बाँकी मेलामा सम्पूर्ण परिकार बनाउने, बिक्री वितरण गर्ने तथा सांस्कृतिक कार्यक्रमको समेत सम्पूर्ण जिम्मा विद्यार्थीहरुलाई दिइएको कलेजका प्रकाशन प्रमुख सुरेन्द्र चौधरीले बताए । घण्टाघर अगाडी रहेको बिपी उद्यान छेउको फुटपाथमा स्टलहरु निर्माण भईसकेको तथा स्टलहरु विद्यार्थीहरुलाई जिम्मा लगाई सकिएको चौधरीको भनाई छ । मेला दिउँसो ३ बजेदेखि राति १० बजेसम्म लाग्ने कलेजले जनाएको छ । कार्यक्रको उद्घाटन सत्रमा बीरगन्जका बरिष्ठ व्यक्तित्वहरु, विभिन्न कलेजका प्रमुखहरु एवं राजनीतिज्ञहरुको सहभागिता रहने कलेजले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -