मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

राष्ट्रपति चुनावअघि विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचन अघि नै विश्वासको मत लिने तयारी गरेका छन् । अबको १० दिनपछि अर्थात् फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ ।

- Advertisement -

सरकार गठन गर्ने समयमा गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिन लागेका हुन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको छ ।

‘एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्छ त्यस कारण राष्ट्रपतिको चुनाव अघि नै संसद्बाट विश्वासको मत लिने तयारी छ’ माओवादीका एक मन्त्रीले भने, ‘विश्वासको मत पाउन समस्या छैन त्यसैले विश्वासको मत लिएर अघि बढ्ने योजना छ ।’

- Advertisement -

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले एमाले र राप्रपा सरकारबाट हटेर समर्थन फिर्ता लिए पनि सरकार बहुमतमै भएकाले विश्वासको मत लिन हतार गर्नुपर्ने अवस्था नरहेको बताए ।

यद्यपी उनले विश्वासको मत लिनेबारे सत्ता साझेदार दलसँगको छलफलपछि कहिले लिने भन्ने टुंगो लाग्ने बताए ।

सरकारका प्रवक्ता रेखा शर्माले संविधान बमोजिम ३० दिनभित्र विश्वासको मत लिइने बताइन् । राष्ट्रपति चुनाव अघि लिने कि पछि लिने भन्ने विषयमा सत्ता साझेदार सबै दलसँग छलफल गरेर निर्णय लिने शर्माले बताइन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले भने सरकारले विश्वासको मत छिट्टै लिने दाबी गरे ।

‘अब सरकारले तत्काल विश्वासको मत लिन्छ । राष्ट्रपतिको चुनाव अघि लिन्छ कि पछि लिन्छ तत्काल भन्न सकिँदैन’ बस्नेतले भने, ‘संविधान बमोजिम हामीले विश्वासको मत लिन्छौँ त्यसमा सत्ता साझेदार सबै दलसँग छलफल गरेर निर्णयमा पुग्छौँ ।’

प्रचण्ड नेतृत्वको सरकारबाट एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि अरू आठ दलले समर्थन गरेका छन् । जसमा माओवादी केन्द्र ३२, नेपाली कांग्रेस ८८, जसपा १२ सिट, एकीकृत समाजवादी १०, नागरिक उन्मुक्तिका एक स्वतन्त्रसहित ४, जनमत ६ र राष्ट्रिय जनमोर्चा १ सांसदसहित १५३ सांसदको साथ रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -