बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
16.1 C
Kathmandu
15.1 C
Kathmandu
22.7 C
Birgunj

चार दिने नमुना युवा नगरसभा प्रशिक्षण कार्यक्रम सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, १८ फागुन- पर्साकाे पर्सागढी नगरपालिकामा चारदिने नमूना युवा नगरसभा प्रशिक्षण अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

- Advertisement -

राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति पर्सा र युवालयकाे समन्वय तथा कम्युनिटि डेभलपमेन्ट ट्रेनिङ एण्ड कन्सल्टेन्सी प्रा.लि.द्वारा आयाेजित पर्सागढी नगरपालिकाको सहयाेग अभ्यास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पर्सागढी नगरपालिकाका नौ वटै वडाका युवाहरूलाई व्यक्तित्व विकास, नेतृत्व विकास, लाेकतन्त्र र लाेकतान्त्रिक संस्कारकाे विषयमा तालिम दिईएकाे थियाे ।

- Advertisement -

आयाेजक संस्थाका अध्यक्ष सुनिल राैनियारकाे अध्यक्षतामा भएको सम्पन्न समाराेहमा मन्तव्य राख्दै पर्सागढी नगरपालिकाकि उपप्रमुख पूजा चाैधरीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागूगर्न आग्रह गरेका छन् । साथै युवालयको अध्यक्ष सन्तोष महर्जनले युवाहरुको कुनै पनि कार्यमा युवालयको सहयोग र सहकार्य रहने बताए ।

जिल्ला युवा समितिका अध्यक्ष अमिताभबच्चन दास युवामै नगरपलिका बनाउँनु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष अमिताभबच्चन दास, सामुदाियक वन उपभोक्ता जिल्ला महासंघ पर्साका अध्यक्ष बालकृष्ण श्रेष्ठ, पर्सा नगरपालिका शिक्षा शाखा प्रमुख देव गिरी, युवालयका अध्यक्ष संताेष महर्जन , युवालयको प्रशासन प्रमुख प्रमोद श्रेष्ठ र लगायत व्यक्तिले मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे सहजिकरण रामनिवास यादवले गरेका थिए । चारदिनसम्म युवा सञ्जालका अभिनास कार्की, श्याम साह र सुहाना मिश्रले प्रशिक्षण दिएकाे युवालय पर्साका संयाेजक राहुल साहले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -