वीरगंज,२५ बैशाख – वीरगंज स्थित नारायणी अस्पतालको एमआरआई मेसिन विगत दुई सत्तादेखि थप्प भएको छ । एमआरआई मेसिनको स्पटवेअरमा समस्या आएपछि सेवा प्रभावित भएको रेडियोलोजी विभागका अविनाश झाले बताए । उनले मेसिनको स्पटवेयरमै समस्या आएपछि सो बारेमा हामीले अस्पताल प्रशासनलाई जानकारी गराएको बताए । मेसिनले आधी काम गरी रहेको भएपनि होलस्पाइनको एमआरआई गर्न सकी रहेको छैन् । साथै २० मिनेटमा हुने काम घण्टौमा नहुने अवस्था रहेको उनले बताए ।

२०८० साल कार्तिकमा संचालनमा आएको मेसिनले शुरुमा राम्रै काम गरेको भएपनि पछिल्लो १५ दिनदेखि मेसिनमा समस्या आएको रेडियोलोजी शाखाका एक जना प्राविधिकले बताए । नारायणी अस्पतालमा एमआरआई सेवा शुरु भएपछि अन्य अस्पतालमा समेत भर्ना भएको विरामीहरुलाई समेत सहज भएको थियो । सेवा बन्द भएपछि आम सर्वसधारणलाई मर्कामा परेका छन् । किन भने बाहिर अति महगोमा हुने एमआरआई सेवा नारायणी अस्पतालमा थोरै शुल्क हुने गरेको थियो ।
नारायणी अस्पताल बिकास समिति धिरज गुप्ताका अनुसार मेसिनमा समस्या नभएपनि समयमा स्वास्थ्य विभागले एमआरआई खरिद गरेको कम्पनीलाई बिल भुक्तानी नगर्दा कम्पनीका इन्जिनियरले मेसिनमा केमिकल नहालदिदा समस्या भएको बताए ।
चाइनाको कम्पनीसँग खरिद गरिएको नारायाणी अस्पतालमा जडान रहेको एमआरआई मेसिन अत्याधुनिक रहेको वताउँदै गुप्ताले विल बापतको २० प्रतिशत रकम अहिले पनि कम्पनीलाई भुक्तानी हुन सकेका छैन् । मेसिन अहिले फुल वारेन्टि प्रियडमा रहेको बताउँदै गुप्ताले कम्पनीका प्रतिनिधिहरुले समस्या समाधानमा पहल कदमी नलिएको बताए । उनले समस्या समाधान तथा बाकी रकम भुक्तानीका लागि आफुहरु पहल गरी रहेको तथा सेवा छिटै पूर्णरुपमा संचालनमा आउँने बताए ।

