सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

बारा- २ मा उपनिर्वाचन लड्ने तयारीमा उपेन्द्र यादव

रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१९ फागुन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लड्ने तयारी गरेका छन्।

- Advertisement -

गत मंसिर ४ मा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित पार्टीका सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उक्त ठाउँमा आफू उपनिर्वाचन लड्ने तयारीमा यादव छन्। गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति भएको थियो।

पार्टीको भागमा परेको उपराष्ट्रपतिमा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र समेत रहेका सांसद रामसहायप्रसादलाई उम्मेदवार बनाउने तयारी गरेका छन्।

- Advertisement -

‘हाम्रो पार्टीबाट रामसहायजी उपराष्ट्रपति बन्ने पक्कापक्की भइसकेको छ। औपचारिक निर्णय गर्न मात्रै बाँकी हो,’ जसपाका एक कार्यकारिणी सदस्यले बताए, ‘रामसहायजी चुनाव जितेको क्षेत्रमा अध्यक्षले उपनिर्वाचन लड्नुहुन्छ।’

रामसहायप्रसाद उपराष्ट्रपति उम्मेदवार हुँदै विजयी भएका उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। चैत ३ मा उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ।

८ दलबीच भएको सहमतिअनुसार रामसहाय उपराष्ट्रपति हुने त्यो क्षेत्रमा उपनिर्वाचन हुँदा अध्यक्ष यादवले जित्ने सम्भावना रहेको पनि ती कार्यकारिणी समिति सदस्यले बताए। यो क्षेत्रमा यादव समुदायको बाहुल्यता भएकोले अध्यक्ष यादवले आफूलाई सुरक्षित ठानेको ती कार्यकारिणी सदस्यको भनाइ छ।

गत मंसिर ४ मा भएको चुनावमा अध्यक्ष यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने चर्चा थियो। नेकपा एमालेसँग गठबन्धन गरेको जसपाले अध्यक्ष यादवलाई सप्तरीमा उम्मेदवार बनाएको थियो।

जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए। जसपाको तर्फबाट उपराष्ट्रपति बन्ने तयारीमा रहेका रामसहायप्रसाद यादवले तत्कालीन ५ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शिवचन्द्रप्रसाद कुसहवालाई झिनो मतले पराजित गरेका थिए।

पार्टीले उपराष्ट्रपति पाए पनि कसलाई पठाउने निर्णय गरिनसकेको सांसद रामसहायप्रसाद यादवले बताए।

‘उपराष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरिसकेको छैन। छलफल गरेर उम्मेदवार तय हुन्छ,’ उनले भने, ‘मैले बन्ने, नबन्ने भनेर हुने होइन। पार्टीले के निर्णय गर्छ त्यसमै भर पर्छ।’

जसपाभित्र उनी यस्ता नेता हुन् जो कहिले पनि पार्टी अध्यक्ष उपेन्द्रको विपक्षमा उभिएका छैनन्। पार्टी स्थापनादेखिका हरेक उतारचढावमा उनी पार्टी अध्यक्षसँगै छन्। त्यसैले जसपा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र रामसहायलाई उपउपारष्ट्रपति बनाएर बारा क्षेत्र नम्बर २ मा उपचुनाव लठ्ने तयारी गरेका छन्।

जसपाका राजनीतिक समिति सदस्यसमेत रहेका सांसद प्रदीप यादवले उपराष्ट्रपति उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको बताए। पार्टी अध्यक्ष यादवलाई संसदमा ल्याउन जरुरी रहेको पनि उनको भनाइ छ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -