मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

हेटौडा: सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हेटौडा उपमहानगरपालिका १७ हटियास्थित कठायत चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । हेटौँडा–फापरबारी सडकखण्डको हेटौडाबाट ठूलोदमारतर्फ गइरहेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदैगरेको बा.प्र.०३–०५ प ७११ नम्बरको स्कुटर एकापसमा बुधबार ठक्कर खाएर दुर्घटना भएको थियो ।

- Advertisement -

दुर्घटनाबाट नुवाकोट ककनी नगरपालिका ४ का जिना लामाको मृत्युभएको प्रहरीले जनाएको छ । बा.प्र.०३–०५ प ७११ नम्बरको स्कुटरचालक २८ वर्षीया लामाको टाउकोमा गम्भीर चोट थियो । जिल्ला प्रहरी कार्यालय मकवाकनपुरका अनुसार घाइते लामाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्युभएको थियो ।

दुर्घटनामा घाइते भएका बा ६४ प ६६६४ नं. को मोटरसाइकल चालक हेटौँडा १८ भालुखोलाका अर्जुन भम्जनको पनि मृत्युभएको छ । १८ वर्षीय भम्जनलाई उपचारका लागि अस्पताल लगिए पनि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

- Advertisement -

सो मोटरसाइकलमा पछाडि सवार हेटौँडा १८ का १६ वर्षीय सुजन घलानको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि सवार मकवानपुरको बागमती गाउँपालिका ८ शान्तिपुरका २४ वर्षीया ललिता थापा मगरको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -