बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

जनप्रतिनिधि,स्थानिय अगुवा एवं पर्साका सुरक्षा प्रमुखहरुसँग पोखरियामा अन्तक्रिया सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

शैलेश गुप्ता/ पर्सा २९ फागुन – पर्साको पोखरीया नगरपालिकामा स्थानिय जनप्रतिनिधि,कर्मचारी,स्थानिय अगुवा एवं पर्साका सुरक्षा अधिकारीहरुसँग शान्ति सुरक्षाको बिषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा स्थानिय शान्ति सुरक्षा सहित अन्य बिबिध जनसरोकारको बषियमा छलफल भएको थियो ।

- Advertisement -

पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन भएको अन्तक्रिया कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,पर्साका प्रहरी उपरीक्षक कोमल शाह,सशत्र प्रहरी वल १३ गणका सशत्र प्रहरी उपरीक्षक सुमन थपलिया,राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख हेमन्त चौधरी, पोखरिया नगरपालिकाकी उप मेयर रूबी कुमारी ठाकुर, पूर्व मेयर दीपनारायण रौनियार,नेता निजामोदिन समानी,शंकर प्रसाद यादव ,बिध्याञ्चल ठाकुर, श्रीकिसुन चौहान ,गोवर्धन यादव ,भगवान दास तत्वा,वडा अध्यक्ष प्रमोद गिरी , परमानन्द पटेल , केदार महतो चाई ,राधा बैठा , कौशल कुमार साह, सशत्र प्रहरी सुरक्षा बेसक्याम्प पोखरियाका प्रहरी निरीक्षक हरिकृष्ण खड़का , इलाका प्रहरी कार्यालय पोखरियाका को प्रहरी निरीक्षक मोहन बिक्रम केसी,पोखरियाका युवा समाजसेवी, बुद्धिजिवी, कार्यपालिकाका सदस्यहरु ,राजनीतिक दलका प्रतिनिधिहरु महिला अधिकारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -

अन्तक्रिया कार्यक्रममा पोखरियामा सेवा केन्द्रहरुको विस्तार,सवारी सधारहरुको चेकिङ्ग,सार्वजनिक यातायातको भाडा दर,सामाजिक कुरुतीको अन्त गर्ने,अपराध न्युनिकरण गर्ने लगायतका स्थानिय समस्याहरुको बिषयमा छलफल भएको पोखरिया नगरपालिकाका प्रशासन शाखा प्रमुख विजय कुमार झाले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -