शैलेश गुप्ता/पर्सा,३ चैत – पर्साको पोखरीया नगरपालिका वडा नं. ४ स्थित पोखरिया बजारमा बुधवार राती चोरी भएको छ । अज्ञात समूहले राती पोखरिया अस्पतालसँगै रहेको सूरज किराना पसलमा चोरी गरेको हो । पसलको पछाडी पट्टी रहेको भित्ता फटाई किराना पसलमा चोर प्रवेश गरेको तथा पसलमा रहेको धनमाल लुटपात गरेको पसलका संचालक बशिष्ठ प्रसाद वर्णवालले बताए ।
खाद्य समाग्री,रिचार्ज कार्ड एवं नगद गरी १ लाख २० हजार बरावरको चारी भएको पसल संचालक बर्णवालको भनाई छ । ईलाका प्रहरी कार्यालय छेवमै रहेको बजारमा चोरी भएपछि स्थानिय व्यवसायीहरु त्रसित बनेका छन् ।
ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मोहनबिक्रम केशीका अनुसार घटना स्थलमा प्रहरी टोली पुगी मुचुलका उठाएको तथा चोरी भएको धानमालको लगत संकलन गरेको बताए । चोरले पसलको पछाडीबाट सानो प्वाल बनाएर भित्र प्रवेश गरी चोरी गरेको प्रहरी निरिक्षक केशीले बताए । उनले घटनाको बिषयमा थप अनुसन्धान भइरहेको तथा चोरलाई चाडै पक्राउ गरिने दावी गरे ।