सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

आजदेखि दूधको नयाँ मूल्य लागू, लिटरमै १६ रुपैयाँले वृद्धि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,०२ चैत ।दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य वृद्धि गरेको छ । डीडीसीका महाप्रबन्धक सञ्जीव झाले आजदेखि बजारमा नयाँ मूल्यअंकित प्याकेट दूध बजारमा पठाइएको जानकारी दिए ।

- Advertisement -

महाप्रवन्धक झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिए ।

दूधको मूल्य १६ रुपैयाँसम्म बढेको छ । संस्थानकाअनुसार स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढेको छ । प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा आजदेखि बढेर ९७ रुपैयाँ पुगेको छ ।

- Advertisement -

त्यस्तै, गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ । गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ । क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ ।

चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -