सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

यूएईद्वारा नेपाललाई ३११ रनको लक्ष्य,आसिफ खानले रचे इतिहास

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०२ चैत । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ ।

- Advertisement -

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । यूएईका लागि आसिफ खानले शतकिय पारी खेले । आसिफले ४२ बल खेल्दै ४ चौका र ११ छक्काको सहयोगमा १०१ रन बनाए ।

कप्तान मोहमद वसिम र भिर्टिया अबिन्द्रले अर्धशतकीय पारी खेले । त्यस्तै वसिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६३ रन बनाए । अबिन्द्रले १३८ बल खेल्दै ८ चौका र २ छक्काको सहयोगमा ९४ रन बनाए । यूएईका रोहन मुस्तफाले २० रन बनाए ।

- Advertisement -

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंसीले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल सोझै विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ । यता यूएई पनि आजको खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ ।

लिग–२ मा नेपाल ३५ खेलबाट १८ जितसँगै ३८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । यूएई ३५ खेलबाट ३३ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -