सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
12.1 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

राष्ट्रिय एकतालाई बलियाे बनाउने पहल गर्छु : नवनिर्वाचित उपराष्ट्रपति यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,०३ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई बलियाे बनाउन र प्रवर्धन गर्न आफू लाग्ने बताउनुभएको छ ।

- Advertisement -

शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो । उहाँले देशलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताउनुभयो । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पनि आफ्नो तर्फबाट प्रयास हुने उहाँकाे भनाइ छ ।

यादवले भन्नुभयो, ‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवर्धन गर्नमा मेरो इमानदारिताका साथ भूमिका रहनेछ । देश समृद्धरूपमा अघि बढोस् । शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्‍याउन बाँकी छ, त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ ।’

- Advertisement -

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भूमिका खेल्ने नागरिक र सांसहरूप्रति धन्यवाद दिनुभयाे ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -