मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ चैत । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ ।

- Advertisement -

संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरको महामन्त्री गगन थापाले बताए । उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ ।’

यो निर्णयसँग संसदमा कांग्रेस सत्ता पक्षको बेन्चमा बस्ने महामन्त्री थापाले बताए । यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । फागुन १७ गतेका लागि बोलाइएको संसद बैठकमा कांग्रेस र एमाले दुवैको प्रमुख विपक्षीको दाबी थियो ।

- Advertisement -

सरकारमा जाने निर्णय गरेर कांग्रेस सत्ता पक्षको बेन्चमा बसेपछि एमालेलाई प्रमुख प्रतिपक्षीको बेन्चेमा बस्न बाटो खुला भएको छ । गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो ।

राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएपछि एमाले विपक्षी कित्तामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाएर एमालेले समर्थन पनि फिर्ता लिइसकेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -