बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
16.1 C
Kathmandu
15.1 C
Kathmandu
22.7 C
Birgunj

गापाले बर्षौदेखि शिवम् लेयर्स प्रालिलाई अल्टिमेटम दिदै,जनता पिडामा, लाखाैं आर्थिक चलखेल हुने गरेको जनप्रतिनिधिकै दावी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,७ चैत – शिवम् लेयर्स फार्म प्रा.लि.को चरम लापरवाहीको कारण पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. १,२,३ र सो आसपासका क्षेत्रमा ठूलो बिपत्ती आउँने खतरा बढेको छ । स्थानियहरुका अनुसार फार्मको दुर्गन्ध र झिंका आतंकले पुरा वस्ती नर्कीय जीवन विताउन बाध्य भएका छन् । यत्ता बर्षौ देखि कम्पनीलाई वातावरणीय मापदण्ड पुरा गर्न तथा वस्तीमा फैलन सक्ने महामारीको समस्या समाधानको लागि पहल गर्न ताकेता गरिएपनि कम्पनीका संचालक शिवजी कलवारले खानमा तेल हालेर बसेका छन् ।

- Advertisement -

स्थानिय सरकारको निर्देशनलाई समेत कम्पनीले अटेरी गरेको पटेर्वा सुगौली गाउँपालिकाकी उपमेयर ममता चौधरीले बताइन् । पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. २ मा रहेको सो ह्याचरी फार्मका कारण पुरा वस्ती समसान घाटमा परिणत हुने खतरा बढेको छ । झिका आतंकका कारण फार्मको १० किलो मिटरको क्षेत्रमा रहेको वोटबिरुवा,वालीनाली,पशुपंक्षी तथा मानव जीवन नै किनास हुने संकेतहरु देखिएको छ । कम्पनीले फार्म संचालन गर्दा सरकारले तोके बमोजिमको मापदण्ड पालना नगर्दा पुरै मानव वस्ती नै अयन्त्र सार्नु पर्ने अथवा कम्पनी बन्द गर्नु पर्ने गाउँपालिका माथी दबाव बढेको छ ।

झिंका आतंक र दुर्गन्धका कारण खाना खान मन नलाग्ने,वाकवाकी लाग्ने बान्दा हुने,झाडा पखाला,ज्वरो,गर्भवती महिला तथा वालवालिकामा कुपोषको समस्याहरु हुने गरेको स्थानियहरुको भनाई छ । दिउँसै झोल टाली वस्नु पर्ने तथा वालवालिका एक्लै छोडदा झिंका आक्रण गर्ने गरेको स्थानियहरु बताउँछन् ।

- Advertisement -

स्थानिय जनताहरु पछिल्लो समय जीवनमरणको दोसाँझमा पुगेपनि स्थानिय सरकार फार्मसँग पत्र अदान प्रदान मात्र गरी रहेको देखिन्छ । स्थानियहरुका फार्म संचालकलाई बल प्रदान गर्न स्थानिय केही नेता देखि गुण्डाहरुको समेत मिलोमतो रहेको छ । यो कुरा पुष्ट कम्पनीले बर्षौदेखि चरम लापरवाही गर्दा समेत कारवाही हुन नसक्नुले प्रमाणित गर्छ ।

शिवम् लेयर्स फार्म प्रा.लि पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ गादीमा रहेको फार्म खोल्ने बेलामा स्थानिय सारकारमा उपप्रमुख ममता चौधरी एवं वडा नं. २ वडा अध्यक्ष बिजय गैरेले सहित पुरा गाउँपालिकाको संयन्त्रणको दुरुपयोग गरिएको तथा सिफासिको क्रममा चरम लापरवाही गरेको प्रष्ट भएको छ । फार्म खोल्ने फार्म खोल्ने बेलामा स्थानिय नेता एवं वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले दाल मिल खोल्न लागिएको बताएको र ठूलो आर्थिक चलखेल गरी आमनागरिकलाई धोका दिएको स्थानियहरुको भनाई छ । गाउँपालिकाकी उमप्रमुख ममता चौधरीले आफु स्वमं स्थानियहरुको पिडा देखेर मर्माहत भएको तथा तत्कालिन समयमा ठूलो त्रुटी भएको स्वीकार गरेकी छिन् । गाउँपालिकाले पछिल्लो पटक कम्पनीको अनुगमन गरेपछि ३५ दिने अल्टिमेटम लिने तयारी गरी रहेको उपमेयर चौधरीको भनाई छ ।

नेपाल पोष्टलाई प्रतिक्रिया दिदै चौधरीले समस्या समाधानको लागि गाउँपालिका गम्भीर रहेको बताइन् । उनले जनताको जीवनधनसँग खेलवाड गर्न नसकिने बताउँदै ह्याचारी फर्म नै बन्द गर्ने निर्कषमा आफुहरु पुगेको प्रतिक्रिया दिए । तर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष फरमान मियाले ह्चारी उद्योग संचालनको अनुमती दिने देखि लिएर अनुगमनको नाटक सम्ममा ठूलो आर्थिक चलखेल भएको दावी गरेका छन् । उनले हरेक बर्ष केहि कथाकथित नेता तथा जनप्रतिनिधि भनाउँदाहरुले मोटो रकम लेयर्स प्रालिसँगी बुझी जनताको जीवनधनसँग खेलवाड गरी रहेको बताए ।

अनुमती दिने बेलापनि हाल नेतृत्व रहेको बताउँदै अहिले सम्म फार्म किन बन्द गर्न सकिएन अथवा व्यवस्थित गर्न सकिएन वडा अध्यक्ष मियाले प्रतिप्रश्न गरे ।

फार्म स्थानियहरुको थुपै जग्गा समेत अतिक्रमण गरेको तथा पुरा वस्ती नै खाली गराउँने षड्यन्त्र गरेको बताए । उनले हामीले पटक पटक माग उठाएको बताउँदै यो घटनाको अभिलम्ब छानविन गरी दोषी उपर कारवाही हुनु पर्ने बताए । अवस्था यस्तै भएपछि केहि बर्षमै पुरा वस्तीनै समसान घाट बन्ने खतरा रहेको मियाको भनाई छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -